चण्डिका सरको चर्तिकला : सुविधा मन्त्रीको भन्दा बढी,काम ठण्डाराम

कम्युनिष्टका नेता/मन्त्रीहरूले अवसर छानीछानी कांग्रेसलाई दिँदाको परिणाम हो यो । अघिल्लो सरकारले नियुक्ति दिलाएका कर्मचारी पछिल्ला सरकारका लागि गलगाँड बन्ने गरेका छन् । यस्तै ‘गलगाँड’हाकिमका कारण अहिले उद्योग मन्त्रालयका अधिकारीदेखि मन्त्रीसम्मको टाउको दुखेको छ ।


तह उपसचिव तर सेवा र सुविधा मन्त्रीभन्दा माथि । साढे तीन वर्षसम्मका कार्यप्रगतिचाहिँ ‘जिरो’ । चार वर्षअगाडि नै महेश बस्नेतलाई प्रयोग गरी यस्तो व्यवस्था मिलाउन सफल चण्डीप्रसाद भट्टको कार्यशैलीका कारण उद्योग मन्त्रालयका अधिकारी आजित छन् । भट्ट आयल निगमको कार्यकारी हुँदा नै अनियमितता प्रकरणमा मुछिए । अख्तियारको फन्दामा परे ।

नियुक्ति लिदाको सेवा र सुविधा

पछि लोकमानलाई प्रयोग गरी ‘क्लिन चिट’ त पाए । तिनैलाई बोके तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले । त्यही समय पूर्वएमालेका धेरै कर्मचारीले महेशको आलोचना गरे । मन्त्रिपरिषद्बाटै निर्णय गराएर ०७२ असोज ७ मा ४ बर्षे कार्यकालका लागि भट्टलाई विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशक बनाइयो र तलब तोकियो मासिक ७५ हजार । भत्ता र अन्य सुविधा त छँदै छन् । तर, यो अवधिको कार्यप्रगति लज्जाजनक ।

भट्टकै कारण सरकारले विशेष महत्व राखेको विशेष आर्थिक क्षेत्र विकास समिति पंगु बनेको उद्योग मन्त्रालयका अधिकारी सुनाउँछन् । साढे तीन वर्षको जागिर अवधि, प्रगति शून्य । संस्थागत भ्रष्टाचार चरमचुलीमा । यो बीचमा उद्योगमन्त्री मातृका यादवले हटाउने प्रयास गरे तर मन्त्रीभन्दा सचिव यामकुमारी खतिवडा जब्बर भएर निस्किइन् । यो बीचमा भैरहवा विशेष आर्थिक क्षेत्र बजारीकरण गर्ने योजना अलपत्र, विशेष आर्थिक क्षेत्रभित्र विदेशी लगानी भित्र्याउने योजना तर्जुमा शून्य, विशेष आर्थिक क्षेत्र विकासका लागि सूचना प्रविधि विकास र सेजका कर्मचारीको सीप विकास तालिमको व्यवस्था मिलाउनेजस्ता काम भद्रगोल । करार सम्झौता गर्दा १२ वटा बुँदा उल्लेख गरिएकोमा सबैमा शून्य प्रगति !विशेष आर्थिक श्रेत्र (सेज) सफल हुदा यस्को सफलताको जस वाम सरकारलाई जाने भएपछि चण्डिका सकेसम्म यो योजना नै असफल पार्ने खेलमा लागेका छन् ।

हेर्नुहोस कार्य प्रगति विवरण


भट्ट केही समयअगाडि सम्पन्न इञ्जिनियरिङ एसोसियनको निर्वाचनमा कांग्रेस कोटाबाट उपाध्यक्ष उठेर पराजित ।

कांग्रेसी कोटाबाट चण्डिका नेपाल इञ्जिनियर्स एसोसियनको निर्वाचनमा उपाध्यक्षका उम्मेद्धार थिए । पराजीत भए ।

काम केही नगरे पनि सरकारी सवारी साधनको दोहन गरेको उद्योगका अधिकारी सुनाउँछन् । उनले दुई दुई वटा सरकारी गाडी चढिरहेका छन् । मन्त्रालयले गाडी फिर्ताका लागि तारन्तार ताकेता गर्दा उल्टै कर्मचारीलाई हपार्ने गरेको आरोप छ । ट्याङ्लाफाँटस्थित ग्रिन उड भिल्ला हाउजिङमा बस्दै आएका छन् । बा २ झ २२६७ र १९४४ नम्बरको सरकारी साधन साथमै छ । यी दुई गाडीमध्ये एउटा छोरीलाई कलेज ल्याउन र लैजानमा प्रयोग हुँदै आएको छ भने अर्काे गाडी आफैं चलाइरहेका छन् । एकातिर सरकारले मितव्ययिता र समृद्ध नेपालको नारा चर्काे स्वरमा लगाइरहेछ । अर्काेतिर कम्युनिष्टकै मन्त्रीहरूलाई प्रयोग गरेर नियुक्ती खाएकाहरू सरकारलाई असफल पार्न कम्मर कसेर लागेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here