आठौँ राष्ट्रिय खेलकुद पुरुष हक्कीको सेमीफाइनल समीकरण पूरा

0
17

बाकेंको नेपालगञ्जमा भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् नेपालगञ्जको मंगल प्रसाद माविको खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

समूह ए बाट विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सेमीफाइनलमा प्रवेश गरेका छन् भने समूह बी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमीफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा प्रदेश नम्बर २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो । मंगलवारदेखि सेमीफाइनलका खेल हुने भएको छ । यस्तै , बाँकेको खजुरास्थित शुक्र माविमा भएको महिला हक्की प्रतियोगिताको तेस्रो दिन सोमवार भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर २ लाई २–० ले पराजित गरेको छ । दोस्रो खेलमा भने त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश वीच बराबरी भएको छ ।

LEAVE A REPLY