वाह विभूषण :- नक्कली डाक्टरदेखि भूमाफियासम्म राष्ट्रपतिको हातबाट विभूषित

0
403

उराठ लाग्दो दृश्य देखा पर्ने थालेको छ अचेल हामीकहाँ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको मान पदवी तथा अलंकारको गरिमामाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको पदक थाप्नेहरुमध्ये कोही अख्तियारबाट कारवाहीमा परेका छन् त कोही कीर्ते कर्म गरेर बदनामी कमाएका व्यक्ति,कोही हत्या आरोप लागेका त कोही नक्कली चिकित्सकसमेत विभूषित भएपछि विभुषणको गरिमामाथि नै प्रश्न चिन्ह तेर्सिएको छ ।

सरकारले गत असोज १५ गते अर्थात गणतन्त्र दिवसको अवसर पारेर राष्ट्का विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिनेहरुलाई मानपदवि प्रदान गरियो राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ।


तिमध्ये एकजना यस्ता विवाद्स्पद व्यापारी समेत विभूषित भएका छन् । बालुवाटारमा रहेका ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा पार्न सफल मिन बहादुर गुरुङलाई आज विभूषित हुनेहरुको भीडमा परेका छन् । उनलाई सुप्रवल जनसेवाश्री तृतीय पदकबाट विभूषित गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिनमा रहेका गुरुङ आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित भए । यस्तै अर्काे नक्कली डाक्टरले समेत सम्मान थापे राष्ट्रपतिको हातबाट । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ० मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो ।

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ । बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक पटक अनुतीर्ण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

LEAVE A REPLY