बालुवाटारको ११३ रोपनी जग्गा प्रकरण :-२२ कर्मचारी डामिने,बिष्णु पौडेल र मिन बहादुरलाई कारवाही नहुने ?

0
557

साना माछा जाकिने र ठूला माछा उम्काइने नेपालको परिपाटी नै हो । यस्तै प्रकरण दोहोरिने छाँटकाँट देखिदैंछ वालुवाटारको २सय ८५ रोपनी सरकारी जग्गा कीर्ते प्रकरणमा । जहाँको ११३ रोपनी जग्गा कीर्ते गरी भूमाफियाहरुले आफ्नो नाममा पार्न सफल भए । पूर्व सचिव शारदाप्रसाद त्रिताल र गृह सचिव प्रेम राईहरुले खुट्टा नकमाई ललिता निवास भनिने बालुवाटारको जग्गा कीर्ते प्रकरणमा संग्लग्नहरुको प्रतिवेदन सार्वजानिक भयो ।
यो प्रकरणमा जोडिए नेकपाका माहासचिव विष्णु पौडेलदेखि एनआरएन र भाटभेटनी सुपरमार्केटका साहुजी मिन बहादुर गुरुङसम्म ।


प्रतिवेदनमा डिल्ली बजार मालपोत कार्यालयले २०४९ सालमा मिसिल नम्बर १०२४ र १०२५ मार्फत जग्गा नामसारी हिनामिना गरेको पाइएको समेत स्पष्ट रुपमा खुलासा गर्दै कारवाहीका लागि सिफारिश गरेको हो । यसरी कारवाहीका लागि सिफारिस गरिएका कर्मचारीहरु मात्र २२ छन् । जसमध्ये यस्तै डिल्लीबजार मालपोतका कर्मचारीलाई आर्थिक प्रलोभन दिई प्रभावमा पारी सरकारी जग्गा दर्ता गराउने काममा शोभाकान्त ढकाल प्रयोग भएका छन् । उनी मिन बहादुर गुरुङका व्यवसायिक पार्टनर समेत हुन । यस्तै यही प्रकरणमा रामकुमार सुवेदी समेत मुछिएका छन् ।
डिल्लीबजार मालपोतका तत्कालीन अधिकृत कलाधर देउजा,सरकारी जग्गा व्यक्तिका नाउमा सार्ने मालपोत अधिकृत हरिकृष्ण तिमिल्सना, छुट जग्गा दर्ता गर्ने मालपोत अधिकृत टिकाराम घिमिरे, हुपेन्द्रमणि केसी, नापी अधिकृत मोहमद साविर हुसेन, नासु श्रीहरि पुडासैनी खरिदार श्यामकुमार क्षेत्रीसहित मालपोत कार्यालयका २२ कर्मचारीलाई कारवाहीको सिफारिश गरिएको छ ।
अब प्रश्न उठ्न थालेको छ । ती २२ कर्मचारीलाई मात्र कारवाही हुन्छ ? वा यो प्रकरणमा मुछिएका मिन बहादुर गुरुङ,विष्णु पौडेल,शोभाकान्त ढकाल ,रामकुमार सुवेदीदेखि एनआरएनका पदाधिकारीहरुलाई पनि केही कारवाही हुन्छ ? वा यो प्रकरण पनि ३३ किलो सुन काण्ड,निर्मला बलत्कार पछिको हत्याकाण्ड झैं सेलाउछ त्यो चाहिँ हेर्न बाँकी नै छ ।

LEAVE A REPLY