सरकारी वेबसाइटमा क्रिश्चियन धर्म प्रचार, प्रभू यशुको ‘अद्भुत’ विज्ञापन !

0
54

बैशाख २, २०७६



इतिहासलाई हेर्ने हो भने, नेपालमा पहिलोचोटि क्रिश्चियन धर्मलाई प्रचार गर्ने व्यक्तिहरू वि.सं. १६८४ मा राजा लक्ष्मीनरसिंह मल्लको पालामा आएका थिए। पादरी ‘ह्वान क्याब्रल’लाई राजा लक्ष्मीनरसिंहले ताम्रपत्र उपहार दिएर स्वागत गरेका थिए र नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्न अनुमति दिएका थिए। तर पछि राणाहरूको शासनमा सबै विदेशी क्रिश्चियन पादरी र नेपालीहरूलाई देशनिकाला गरेका थिए। वि.सं. २००६ मा राणाकालीन शासनको अन्त्य भएपछि फेरि सबै क्रिश्चियन नेपालीहरु भारतबाट नेपाल छिरेका बुझिन्छ। आजको अङ्कमा हामी तपाईँहरूलाई क्रिश्चियन धर्मको बारेमा विश्वभरीका रोचक तथ्यहरूको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. विश्व क्रिश्चियन इन्साइक्लोपेडियाको अनुसार सन् २००१ मा ३३,८३० वटा विभिन्न क्रिश्चियन धर्मसम्प्रदायहरू रहेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट www.seismonepal.gov.np खोल्नुभयो भने मास्टहेड भन्दा ठ्याक्कै मुनि एउटविज्ञापन देख्न सक्नुहुन्छ ।भूकम्पसम्बन्धी सूचना दिने उक्त सरकारी वेबसाइटमा तीन ठाउँमा गूगलले दिएको विज्ञापनका लागि स्पेस छुट्याइएको छ ।



सरकारी निकायलाई सरकारले नै बजेट उपलब्ध गराउँछ । गूगलको विज्ञापन वेबसाइटमा राखेर पैसा कमाइराख्नुपर्ने अवस्था हुँदैन ।सोमवार बिहान १० बजेपछि सिस्मो नेपालको बेवसाइट खोल्दा क्रिश्चियन धर्म प्रचार गर्ने खालका विज्ञापनहरू देखिए  । तीनवटै स्पेसमा सोही प्रयोजनका विज्ञापन थिए ।‘ईश्वरीय सहायता चाहते हैं ?’, ‘यीशु के बारे में अद्भुत तथ्य’, ‘परमेश्वर के निकट आएँ’ लगायतका विज्ञापन सिस्मो नेपालको बेवसाइटमा देखिए ।

गूगल एडका लागि स्पेस दिएपछि उसले यो क्षेत्रमा लक्षित विज्ञापनहरू विना राेकटोक देखाउने गर्छ ।

सरकारी वेबसाइटमा गूगलको विज्ञापन राख्नुको कारण जान्न हामीले भूकम्प मापन केन्द्रमा सम्पर्क गर्‍यौं । सेस्मोलोजिस्ट चिन्तन तिमिल्सिनाले यसलाई प्राविधिक त्रूटिका रूपमा औंल्याए ।

‘तपाईंले बेवसाइटमा गूगल म्याप देख्न सक्नुहुन्छ, त्यसमा केही दिनअघि कालो स्क्रिन मात्र देखिने समस्या आयो । हामीले डेभलपरसँग कुरा गर्‍यौं । पैसा तिरेर राख्नुपर्नेमा उसले फ्रिको राखिदिएछ, त्यसो गर्दा गूगलको विज्ञापन आउने रहेछ,’ तिमिल्सिनाले भने, ‘हामीले कुरा गरिसकेका छौं, एकदुई दिनमा यो समस्या समाधान हुन्छ ।’

यसलाई प्राविधिक कमजोरी भन्दै उनले छिट्टै समाधान हुने बताए ।

LEAVE A REPLY