विमान दुर्घटना किन बढ्दो रहेको छ नेपालमा ?

Sharing is caring!


प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन÷अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ । तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन ।

सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयर ९गोमा एयर० ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० जहाज दुर्घटनाले फेरि एकपटक प्राविधिक, उड्डयन प्राधिकरण र विमान सञ्चालकमाथि प्रश्न उठाएको छ ।

करिब २ हजार ८ सय ४५ मिटर उचाइमा रहेको लुक्ला विमानस्थल इन्जिनियरिङको नमूना भए पनि नागरिक उड्डयनका हिसाबले अत्यन्तै चुनौतीपूर्ण मध्ये एकमा पर्छ ।

उड्डयन क्षेत्रका जानकारहरुका अनुसार, लुक्ला रन्वे अप्रोच गर्नुअघि खाल्डो जमिन भएर त्यहाँ पुग्नुपर्छ । तर, मौसमी प्रतिकूलता र स्थानीय स्तरमा बन्ने बादलले तत्कालै भिजिबिलिटी खत्तम हुने भएका कारण लो अप्रोचमा दूधकोसी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुन्छ ।

समिट एयरको हकमा पनि यही अवस्था आएको हुनसक्ने प्रारम्भिक अनुमान यस क्षेत्रका विज्ञ चालकको छ ।
एप्रिल २०१९( सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु।
फेब्रुअरी २०१९ ( एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो।


सेप्टेम्बर २०१८ ( गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो।


मार्च २०१८ ( बाङ्ग्लादेशबाट नेपाल आएको यूएस(बाङ्ग्ला एअरलाइन्सको को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। उक्त विमानमा सवारमध्ये ५१ जनाको ज्यान गएको थियो।


फेब्रुअरी २०१६ ( पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त हुँदा २३ जनाको ज्यान गएको थियो।


मे २०१५ ( भूकम्प पछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त भएको थियो। घटनामा छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो।


जुन २०१५स् सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
मार्च २०१५ ( त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिएको थियो। विमानमा रहेका यात्रुहरूलाई सकुशल उद्धार गरिएको थियो।


फेब्रुअरी २०१४ ( पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए।


सेप्टेम्बर २०१२ ( काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त घटनामा विमानमा रहेका सबै १९ जनाको मृत्यु भएको थियो।

मे २०१२ ( भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो। घटनामा १९ जनाले ज्यान गुमाएका थिए।


सेप्टेम्बर २०११ ( हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डू नजिकै कोतडडाँडामा दुर्घटनामा परेको थियो। घटनामा नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु भएको थियो।


डिसेम्बर २०१० ( लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यले ज्यान गुमाएका थिए।


सेप्टेम्बर २०१० ( हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डू नजिकैको दुर्घटनाग्रस्त भएको थियो।


अगस्ट २०१० ( काठमाण्डूबाट लुक्ला तर्फ उडेको विमान दुर्घनामा पर्दा १४ जनाले ज्यान गुमाएका थिए।


अक्टोबर २००८ ( लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।


सेप्टेम्बर २००६ ( सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा। हर्क गुरुङ, डा। सीबी गुरुङ, तीर्थमान मास्के पनि थिए।

सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो ।

२०७४ फागुन २९ गते बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए ।

२०७४ जेठ १७ गते सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए ।

२०७३ साउन १७ पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो ।


२०७५ फागुन १५ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए । मन्त्री अधिकारीको ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा उक्त हेलिकप्टर दुर्घटना भई निधन भएको हो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY