‘पेट पाल्न यौन व्यवसाय गरिरहेका छौँ’ ”नेपाली युवतीहरु”भिडियो सहित

0
505


मुलुकमा कैयौं महिलाहरु आय आर्जन तथा जिविकोपार्जनकै लागि यौन व्यवसाय गर्दै आएका छन् । कतिपयले लुकिछिपी यौन व्यवसाय गरेका छन् भने कतिपयले आफूहरु यौन व्यवसायमा लागिरहेको बताउन पछि हट्दैनन् । यसै क्रममा धनगढीमा बादी समुदायहरु एकजुट भई आफूहरु बाध्यताले गर्दा यौन व्यवसायमा लागेको भन्दै जिविकोपार्जनका लागि प्याकेज ल्याइदिन सरकारसँग माग गरेका छन् ।


नेपालमा पनि यस्ता क्रियाकलाप दिन प्रतिदिन बढ्दै गएको छ । स्वदेशको विभिन्न जिल्लामा यस्ता कुरा आइरहेका छन् भने विदेशमा गएका युवतीहरुको पनि यस्तै समचार सुन्नपा पाईन्छ । घटना हो पनि अफ्रिकी मुलुक केन्याको । जहाँ प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् ।

मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पुर्याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ ।

केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।

LEAVE A REPLY