देउवालाई प्रधानमन्त्रीको चेतावनी :- “बृद्धबृद्धा र बालबच्चाका अगाडि ‘सरकार ढाल्छु’ नभन्नु, लौरो र ढुंगाले हान्लान”

0
108

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्दिन्छु भनेर कोही बुढाबुढी नजिक गए लौरो खान सक्ने भन्दै सचेत रहन अपिल गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले राम्रो गरिरहेको भन्दै सरकार विरोधीहरू बुढाबुढी नजिक गए लौरो खाने र केटाकेटी नजिक गए ढुङ्गो खाने बताएका हुन् ।

सरकारले जनताको मन जित्ने ढंगले काम गरिरहेको दावा गर्दै उनले भने, यो सरकार ढाल्दिन्छौँ भनेर बुढाबुढीको नजिक गएर भनेको खण्डमा लौराले र बालबच्चाको अगाडि गएर भने ढुंगा टिपेर हान्लान् ।’अस्ति मात्र कांग्रेस लगायत वैद्य,राजपासहितका दलहरु सरकार विरुद्ध एक ढिक्का भएका छन् । यसैलाई इंकित गर्दै उनले प्रमुख प्रतिपक्षी दलका नेतालाई व्यग्य गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नै शासनकालमा नेपालमा सबैको सुरक्षा, अधिकारको सुरक्षा, अवसरको सुरक्षा र स्वतन्त्रताको सुरक्षा कायम गर्ने स्पष्ट पारे । पछिल्ला केही दिनहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली सरकारलाई ढाल्ने जनाउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले अबको केही केही वर्षमै स्वस्थ नेपाल बन्ने दावी गर्दै नेपालमा कोही पनि रोगी नहुने दावा समेत गरेका छन् । उनले भने,यो सरकार सम्पूर्ण नेपालीको सरकार हो, सरकारले सबैलाई समान अधिकार र अवसर उपलब्ध गराउनेछ ।’ प्रधानमन्त्री ओलीले अबको आउने बजेटले वृद्धभत्ता बढाउने आश्वासन समेत दिएका छन् ।

LEAVE A REPLY