बालुवाटारको ८० रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्ने मिन बहादुर गुरुङलाई सुप्रवल जनसेवा श्री पदक

3
17830

त्यसै भनिएको होइन चोरलाई चौतारो,साधुलाई सुली । यस्तै उराठ लाग्दो दृश्य देखा पर्ने थालेको छ अचेल हामीकहाँ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको मान पदवी तथा अलंकारको गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको छ । सरकारले हरेक बर्ष प्रदान गर्दै आएको पदक थाप्नेहरुमध्ये कोही अख्तियारबाट कारवाहीमा परेका छन् त कोही कीर्ते कर्म गरेर बदनामी कमाएका व्यक्ति समेत परेका छन् ।

सरकारले गत असोज १५ गते अर्थात गणतन्त्र दिवसको अवसर पारेर राष्ट्का विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिनेहरुलाई मानपदवि प्रदान गरियो राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ।
तिमध्ये एकजना यस्ता विवाद्स्पद व्यापारी समेत विभूषित भएका छन् । बालुवाटारमा रहेका ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा पार्न सफल मिन बहादुर गुरुङलाई आज विभूषित हुनेहरुको भीडमा परेका छन् । उनलाई सुप्रवल जनसेवाश्री तृतीय पदकबाट विभूषित गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिनमा रहेका गुरुङ आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित भएका छन् । यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले आफ्नो दर्ता गरेर भाटभटेनीको नाममा टहरो बनाई गोदाम बनाइ राखेका छन् ।

नापी विभाग, मालपोत कार्यालयका भ्रष्ट कर्मचारीहरूसँग मिलेमतो गरेर करिब आनाको ८० लाख पर्ने सो बहुमूल्य जग्गा करिब दुई वर्ष अगाडि मीन बहादुर र उनकी श्रीमतीको नाममा ५० रोपनी र डा सोभाकान्त ढकालको नाममा ३० रोपनी सरकारी जग्गाको पूर्जी बनाएको फेला परेको हो ।

सभामुखको निवाससँगै जोडिएको सो जग्गा आफ्नो नाममा गर्न भूमाफिया गुरुङले भूमिसुधार तथा प्रर्वमन्त्रीसम्मलाई प्रभलोपनमा पारेको स्रोतको दाबी छ । उनीहरुले त्यहीको १० रोपनी जग्गा एनआरएनएलाई बिक्री गरेपछि यो प्रकरणमा एनआरएन समेत मुछिएको छ । रातारात सम्पत्ति हडप्ने गुरुङलाई भने सरकारले कारवाही गर्नुको साटो उल्टै सुप्रवल जनसेवाश्री तृतीय पदकले विभूषित गरेर लोक हसाएको छ ।

3 COMMENTS

  1. Ho ta sarkari jagga aafno namma parna safal baparilai susovit nagarara gharbar na vayaka sukumbasilai garnu ta naya nepal ma

LEAVE A REPLY