नुवाकोटमा टिपर आतंक, एकजनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए टिपर

Sharing is caring!

नुवाकोटमा टिपर आतंक, एकजनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए टिपर
ट्रक वा टिपर बालुवा, माटो लगायतका सामग्री लामो दूरीमा, बढी परिमाणमा ओसार्न बनेका हुन् । यसको मुख्य बेफाइदा वा खराब पक्ष भनेकै ‘ग्राउन्ड लेभल’ देख्न नसक्नु हो । एउटै दिशामा जाँदा ठूला सवारी चालकले आफू अगाडिको सवारी साधन देखे पनि आफ्नै मुनिको सानो सवारी देख्दैनन् । बनावट नै त्यस किसिमको भएका कारण चाहेर पनि टिपर चालकले देब्रेतर्फको आफ्नो एकदमै नजिक र मुनिको सवारी देख्न भ्याउँदैन । देब्रेतिरको चक्कासमेत ‘लुकिङ ग्लास’ मा देखिन्न ।

‘ड्राइभर बस्ने सिट निकै माथि हुन्छ । टिपर रोकेका बेला दुईपांग्रे कतैबाट छिरेर नजिक आए ऐनामा देखिन्न,’ वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले भने । केहीबेर ढिला हुन नचाहने, बिस्तारै हिँड्न नरुचाउने, जाम हुनेबित्तिकै लेनको परवाह नगरी जथाभावी छिराउने दुईपांग्रे सवारी चालकको पनि उत्तिकै दोष देख्छिन् ।

नुवाकोटमा टिपर आतंक बढेको छ । बिहीबार माइक्रोबसले मोटरसाइकललाइ ठक्कर दिँदा तनावमय बनेको विदुर आज फेरि तनावमय बनेको छ । बिहानै टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको छ भने २४ वर्षीय मुन्ना गुप्ता घाइते रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए ।

खनालको मृत्यु हुनेगरी ठक्कर दिने बा ५ ख २८९८ नम्बरका टिपरका चालक प्रहरी नियन्त्रणमा रहेका छन । आक्रोशित स्थानीय आन्दोलित भएका छन । उनीहरूले टिपरमा आगजनी गरेका छन । आक्रोशित भीडले अन्य टिपरमा समेत आगजनी गर्ने भन्दै चेतावनी दिएका छन ।

Sharing is caring!

Loading...

LEAVE A REPLY