आवश्यक परे पेट्रोल उत्खनन गर्छौं : ओली

Sharing is caring!


नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता परे पेट्रोल उत्खनन लागि सरकारले गृहकार्य गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विद्युतीय गाडी कारखाना खोल्न आग्रह गरे। ‘इलेक्ट्रीक भेइकल गाडी फ्याक्ट्री खोल्नुहोस्, सरकारले सहयोग गर्छ’ उनले भने। नयाँ प्रविधि, नयाँ प्रणाली र नयाँ सोचबाट उत्पादन गर्दै देशलाई संमृद्विमा लैजाने ओलीले बताए।

‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’ उनले भने। खनिज, स्रोत, उर्वर भूमि, वनस्पति, जैविक क्षेत्रमा प्रशस्त संभावना भएकाले हरेक क्षेत्रमा नयाँ ढंगले उद्योग खोल्नुपर्ने उनले बताए।

‘विकासका लागि अनुकुल वातावरण बनेको छ,’उनले भने,‘छोटो समयमा चमत्कारिक विकास गर्न सक्छौं।’ सात सय ६१ ओटै सरकार योजनाबद्व सक्रिय भएर निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ। विदेशी मित्रहरुसँग सहकार्य गरी विकासमा तीवर्ता दिने ओलीले बताए। कृषि, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा सरकारले दुर्तगतिमा काम अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ।

Sharing is caring!

Loading...

LEAVE A REPLY