बेलायती नागरिक फिलिपको स-सम्मान पशुपति आर्यघाटमा विनयले दिए दागबत्ति

Sharing is caring!

अस्पतालको बेडमा मृत्यु संग लडिरहेका बेलायती नागरिक फिलिपको मृत्यु भएको छ।

केही समय अगाडी टेकु अस्पतालबाट वीर अस्पतालमा उपचाका लागि ल्याई बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोम खुबै चर्चामा आए । बिदेशी भुमीमा अस्पतालमा बेवारिसे भई निकै दयनिय अवस्थामा रहेका उनको बारेमा सञ्चारमाध्यमले समाचार प्रकासन गरेसंगै देशभरका नेपालीहरुले उनको लागि प्रार्थना गरे भने कति नेपालीहरुले उनको उपचारका लागि आर्थिक सहयोग पनि गरे ।

उनको दयनिय अवस्थाकाबारेमा थाहा पाएपछि केही युवाहरुले उपचारका लागि उनलाई काठमाडौं मेडिकल कलेजसंगै निर्भक अस्पतालमा ल्याई उपचार गराईरहेका थिए । फिलिपको दयनिय अवस्था र केही युवाहरुले उनको उपचारका लागि थालेको कदमबाट प्रभावित भएर धेरैले आर्थिक सहयोग पनि गरे ।

उनलाई निको बनाएर बेलायतमा रहेका परिवारसंग पुर्नमिलन गराउने सोच बनाएका थिए तर त्यो पुरा हुन सकेन । किनकी फिलिपको १६ गते शनिबार निधन भएको छ । नर्भिकमा उनको उपचारको क्रममा निधन भएको हो । २६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको अन्त्योस्टी भने समाजसेवी बिनयजंग बस्नेतद्धारा भएको छ ।

विनय जँग बस्नेतले वेवारिसे शवहरुको दागबत्ति दिदैं आएका छन् । १८८ औं मा परे बेलायती नागरीक फिलिप । उनको ससम्मान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY