चर्चित हाँस्यकलाकार ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि लिन्छन् एक करोड भारु

0
53


ब्रह्मानन्दम कन्नेगन्ती (जन्म १ फेब्रुवरी १९५६) भारतीय तेलुगु चलचित्रका प्रसिद्ध हाँस्य कलाकार हुन । उनले सबैभन्दा बढी चलचित्रमा काम गरेर गिनिज बुक्समा नाम लेखाएका छन् ।

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्यकलाकार ब्रह्मानन्दमले तीन दशकको फिल्मी करिअरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन् । ब्रह्मानन्दमको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता छ ।

यो रेकर्ड २००७ मा एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा दर्ता गरिएको हो ।ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि एक करोड भारु लिन्छन् । ब्रह्मानन्दम यति चर्चित छन्की साउथका हरेक दुई वा तीन फिल्म मध्ये एकमा उनी देखिन्छन् ।

LEAVE A REPLY