डाक्टरहरुप्रति वीर अस्पतालका बिरामी आक्रोशित

Sharing is caring!


डाक्टरहरुको आन्दोलनमा कारण ६ दिनदेखि बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर आज प्रहरीको सहयोगमा खुलेको छ । टिकट काउन्टर खुले पनि बिरामीले अस्पतालभित्र सेवा पाउन भने सकेका छैनन् ।
उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएको ४ दिन हुँदा पनि उपचार पाउन नसकेको गुनासो गरे । उनले चिकित्सकहरुले विरामीलाई किन दुःख दिएको भन्दै प्रश्न पनि गरे । केही बिरामीहरु गरिवीका कारण सरकारी अस्पताल आइयो तर उपचार कहिले हुने भन्ने टुंगो नभएको भन्दै टोलाइरहेका थिए ।

यता, सरकारी चिकित्सकहरुले भने विगत ६ दिनयता अस्पतालको आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आएका छन् । उनीहरुले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध पारेपछि विरामीहरु भने मारमा परेका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY