सुरेश अधिकारीलाई पछि पार्दै डा. पौडेल सचिवमा बढुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह सचिव डा हरि पौडेल सचिवमा बढुवा भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
तीन सह सचिवको नाम सिफारिस भएकोमा डा पौडेललाई बढुवा गरिएकबो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । सह सचिवहरु डा हरि पौडेल, हरि बस्याल र सुरेश अधिकारीको नाम सिफारिस भएकोमा बरिष्ठताका आधारमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

बाग्लुङ्ग स्थायी घर भएका पौडेलले निजामती सेवामा करीव ३० बर्ष बिताएका पौडेल ०५१ सालमा शाखा अधिकृत, ०५८ सालमा उपसचिव हुँदै ०६७ सालमा खुल्ला प्रतिस्पर्धाबाटै सहसचिवमा चयन भएका हुन् ।
सह सचिव पौडेल यस अगाडि संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महिला मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा काम गरिसकेका छन् । उनी सार्वजनिक प्रशासन, संघीयता र कानूनका ज्ञाता मानिन्छन् ।

LEAVE A REPLY