कर्णालीमा समायोजन भएका पुत्रलाई काठमाडौंमै राख्न सचिवको यस्तोसम्म चाल(पत्रसहित)

गजेन्द्रको गडबडी

0
3146


शक्ति पुग्ने हाकिमका पुत्र हुनुको पनि फाइदै छ । जहाँ पुग्छन त्यहीँ केही न केही गडबडी गर्ने खप्पिस गजेन्द्र ठाकुरको कुरा ।
शान्ति मन्त्रालयमा हुँदा गाडीकाण्ड मच्चाए । खानेपानीमा पुगे मेलम्चीको ठेकेदार सिएमसीलाई भगाए । अहिले त्यहाँबाट खेदिएर नेपाल ट्रष्टको कार्यालयमा पुगेलगतै कान्छा पुत्रलाई समेत कर्मचारी समायोजनलाई ठाडै चुनौति दिँदै आफैं प्रमुख भएको अड्डामा तान्ने प्रपञ्च गर्दैछन् ।
यस अगाडि ठाकुर खानेपानी मन्त्रालयमा पुगेलगतै सबैभन्दा पहिला आफ्ना कान्छा छोरा आशुतोष कुमार ठाकुरलाई खानेपानी अन्तरगतकै मालदार मानिने खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगतको तेश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनामा नियम बिचेर सरूवा गराए।

। मेलम्ची परियोजनाका ठेकेदार सिएमसीले ठेक्का नै रद्ध गरेर विदेश उड्दा पछि वार्ता गर्नभन्दै विदेश जानेमध्येका एक हुन आशुतोष उनले बैंककमा पुगेर सिएमसीसँग २ करोड रुपैंया मागेको स्रोतको दावा छ । यस्तै कारणले मेलम्ची पानी काठमाडौं बासीले पिउन पाउने दिन नजिकिदै गर्दा सिएमसी ठेक्कै छोडेर भाग्यो र उ फर्किएन् ।


हालै मात्र समायोजन हुँदा कनिष्ठ सिभिल इञ्जिनियर आशुतोष स्थानीय तहमा परे । कर्मचारी समायोजन संकेत नम्बर २२५११९ भएका आशुतोषको समायोजन कर्णाली प्रदेशमा भएको थियो ।

चतुर गजेन्द्रले छोरालाई आफैंसँगै राख्ने उदेश्यले रातारात छोरालाई आफू सरुवा भइ साना शहरी खानेपानीबाट नेपाल ट्रष्टको कार्यालयमा आउन चाहेको व्योहोरासहितको पत्र लेख्न लगाए । रमाइलो चाहिँ जुन दिन पुत्रको पत्र दर्ता भयो त्यही दिनै सचिवस्तरीय निर्णयबाट स्वीकृत भयो र त्यही दिन अर्थात अघिल्लो आइतवारै नेपाल ट्रष्टका सह सचिव राजेश्वर ज्ञवालीलाई संघीय मामिला तथा समान्य प्रशासनसँग सचिवको पुत्रको सरुवाका लागि स्वीकृति दिन माग गर्दै पत्र पठाउन लगाए । गजेन्द्रको यो पत्रले सामान्य प्रशासनमा हल्लीखल्ली मच्चिएको छ । जसरी यस अगाडि अख्तियारका सह सचिव रामेश्वर दंगालका पुत्र सुजन भरतपुर महानगरपालिकामा समायोजन भए तर २४ घण्टा नबित्दै अख्तियारमै फर्किए ठीक उही ढंगले गजेन्द्रले पनि आफ्ना पुत्रलाई संघमै राख्ने चाल चलेपछि यही दलिल पेश गर्दै अधिकारको गलत प्रयोग गर्दै समायोजन रद्ध गर्न पाइने रहेछ भन्दै सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखामा पुगेर कर्मचारीहरु उफ्रन थालेका छन् ।

LEAVE A REPLY