को बन्छ करोडपतिको प्रश्नमा चारै अप्सन गलत

Sharing is caring!

को बन्छ करोडपति एक नेपाली वास्तविक खेल टेलिभिजन कार्यक्रम हो जुन बेलायती कार्यक्रम हु वान्ट टु बि अ मिलिनियररु सँग आधारित छ। प्रश्नोत्तर शैलीमा आधारित यस कार्यक्रममा प्रतिस्पर्धीहरूले बिभिन्न मुल्यका रकम या पुरस्कार जित्न सक्नेछन्। जब ज्ञान झल्किन्छ, तब भाग्य बद्लिन्छ भन्ने मूल उदेश्यका साथ को बन्छ करोडपति नेपाली टेलिभिजन जगतमा एक नौलो र विशिष्ट प्रस्तुतिका रूपमा प्रसारण भइरहेको छ।

यो कार्यक्रम पहिलो पटक एपी वान एचडीमा २ फेब्रुअरी २०१९ मा प्रसारण भएको थियो र यो कार्यक्रम ५२औँ श्रृङ्खला सम्म चल्ने छ।१े यस कार्यक्रममा प्रस्तोता नेपाली चलचित्र जगतका महानायक राजेश हमालले गरेका छन् भने यसलाई एसआरबीएन मिडिया निजी लिमिटेडले निर्माण गरेको हो।२े यस कार्यक्रमको प्रतिस्पर्धीले १ करोड नेपाली रुपैयाँ सम्म जित्न सक्छन्।

तर, आइतबारको शोमा एउटा त्यस्तो प्रश्न आयो, जसमा दिइएका चारै अप्सन गलत थिए। मिलिनियरको इतिहासमै यस्तो भएको थिएन होला। प्रश्न थियो- हवाइजहाज राख्ने ठाउँलाई के भनिन्छ? नेपालीमा प्रश्नका जवाफका विकल्पहरुमध्ये एक सही भए पनि खासमा त्यो अङ्ग्रेजी शब्द थियो र अङ्ग्रेजीमा लेखिएका विकल्पहरु मध्ये कुनै पनि सही थिएनन्। 

सम्पदा न्यौपाने १० हजारको प्रश्नमा थिइन्। यो प्रश्नको सही जवाफ मिलाएको भए उनले कम्तिमा १० हजार रुपैयाँ पाउँथिन्।

तर सञ्चालक राजेश हमालको प्रश्नमा Hanger भनेको लुगा झुण्ड्याउने ठाउँ हो भनिन् उनले। ५०-५० लाइफलाइन चलाइन्। त्यसमा Ground र Underground हट्यो। बाँकी रह्यो Hanger र Grovel

उनले Grovel भनिन्, जवाफ गलत भयो।

Hanger मा उनी झुक्किइन्। सहभागीको के कुरा, डाइरेक्टर र प्रोड्युसर त झुक्किए। खासमा हवाइजहाज राख्ने ठाउँलाई Hanger हैन Hangar भनिन्छ। Hanger त लुगा झुण्ड्याउनेलाई नै भनिन्छ।

डाइरेक्टर र प्रोड्युसर झुक्किएका हुन् कि १० हजार रुपैयाँ पनि नजितोस्, पैसा बचत हुन्छ भनेर झुक्याउने ट्रिक लगाएका हुन् उनीहरुले?

यस्तो  सिल्ली मिस्टेक गरेपछि  शंका त गर्न पाइयो नि।

Sharing is caring!

Loading...

LEAVE A REPLY