वैज्ञानिकले फेला पारे १७ फिट लामो अजिंगर

Sharing is caring!

फ्लोरिडामा १७ फिट लामो अजिंगर फेला परेको छ।

वैज्ञानिकको टोलीले अमेरिकी राज्य फेरिडाको इभरग्लेड्समा १७ फिट लामो बर्मिज अजिंगर भेटेका हुन्।

यस अजिंगरको तौल १ सय ४० पाउन्ड रहेको जनाइएको छ। यस पोथी अजिंगरको पेटमा ७३ अन्डाहरु विकास भइरहेको समेत जनाइएको छ। यस अगाडि सोही क्षेत्रमा १८ फिट लामो अजिंगर भेटिएको थियो।

१० देखि १२ फिट लामो अजिंगर भेटिनु स्वभाविक भए पनि १७ फिट लामो अजिंगर बिरलै भेटिने वैज्ञानिहरुको भनाइ छ। 

Image result for 17 feet long python

पुरुष अजिंगरहरुको सहारामा अन्य अजिंगरहरुको खोजी हुने गरेको जनााइएको छ। १७ फिट लामो अजिंगर फेला पार्ने क्रममा पुरुष अजिंगरको शरीरमा रेडियो ट्रान्समिटर जडान गरिएको थियो।

फ्लोरिडा र मायामीमा अत्याधिक अजिंगर रहेको जनाइएको छ। अजिंगरले जंगलका जनवार मारेका कारण त्यहाँ विभिन्न जनवारहरु लोप हुने अवस्थामा पुगेको बताइएको छ।

अजिंगरको जनसंख्या कम गर्न त्यहाँ अजिंगर मार्ने प्रतियोगिता समेत हुने गरेको छ। अहिलेसम्म फेला परेको अजिंगरमध्ये सन् २०११ मा अमेरिकाको मिसौरीमा भेटिएको २५ फिट ३ इन्च लामो अजिंगर सबैभन्दा लामो अजिंगर मानिन्छ। एजेन्सी /नेपाल खबर

Sharing is caring!

Loading...

LEAVE A REPLY