मलेसियामा बस दुर्घटनाः दुई नेपालीको मृत्यु, १४ जना घाइते

Sharing is caring!


धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो ।

कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन् ।

त्यस्तै आज पनि मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था गम्भीर छ ।

बस दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनाको आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । सो बसमा नेपाली, बंगलादेशी र इन्डोनेशियन कामदार चढेको बताइएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY