नेपोलियन बोनापार्टले श्रीमतीलाई लेखेको ‘प्रेमपत्र’ ५ लाख डलरमा लिलाम

0
36


नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन कोर्सिका टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो।

उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। सम्भवत उनको यो नाम उनका काकाबाट आएको हो९पहिला उनका जेठा दाजुको नाम नेपोलिओनी राख्न खोजिएको थियो तर दाजुको शैसवावस्थामै निधन भएकोले यो नाम नेपोलियनले पाए०। उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए।

फ्रान्सका शासक नेपोलियन बोनापार्टले आफ्नी पत्नी जोसेफाइनलाई लेखेको तीन वटा प्रेमपत्र ५ लाख ७५ हजार डलरमा लिलाम भएको छ । तीन पत्र १७९६ देखि १८०४ को बीचमा लेखिएको थियो । ड्रोउ लिलामघरले यसको जानकारी दिएको हो । १७९६ मा इटली अभियानको क्रममा लेखिएको एक पत्रमा नेपोलियनले लेखेका छन् ‘मेरी प्यारी साथी, तिम्रोतर्फबाट कुनै पत्र पाइन् । पक्कै केही भएको हुनुपर्छ, यसकारण तिमीले आफ्नो पतिलाई बिर्सियौं । काम र थकानका बीच केवल, केवल तिम्रो याद आउँछ ।’

१५ अगस्ट १७६९ मा जन्मेका नेपोलियनलाई फ्रान्सेली क्रान्ति ९१७८९० का छोरा मानिन्छ । क्रान्तिपछि नेपोलियनले फ्रान्सको नेतृत्व गरेका थिए । १९ औं शताब्दीको सुरुवातमा युरोपमाथि लगभग पुरै अधिकार लिएको थियो । १८०४ देखि १८१५ सम्म फ्रान्सका शासक भएका थिए ।

ब्रिटेनका नेल्सनदेखि ट्र्याफलगरको युद्धमा हारेपछि नेपोलियललाई निर्वासित गरेर कोर्सिका द्धीप पठाइयो । १८२१ मा नेपोलियनको निधन भयो ।

जोसेफाइनको असली नाम मेरी रोज थियो । १८०४ मा नेपोलियनले फ्रान्सका शासक बन्नुभन्दा एक दिन अगाडि जोसेफाइनसँग विवाह गरेका थिए ।

१८०९ मा नेपोलियन अष्ट्रियाविरुद्ध लड्न बावेरिया गएका थिए । जोसेफाइन पनि उनीसँगै जान जिद्दी गरिरहेकी थिइन् तर नेपोलियनले मानेन् । अष्ट्रियाको युद्धपछि फर्केर आउँदा नेपोलियनसँग जोसेफाइनले सम्बन्धविच्छेद गरिन् । ३७ लाखमा लिलाम भयो जर्मनीको मेसिन

यस्तै जर्मनीले द्धितिय विश्वयुद्धमा प्रयोग गरेको दुर्लभ मेसिन इनिग्मा एन्क्रिप्सन पनि बिक्रि भएको छ । यो मेसिन ४८ हजार १ सय युरोमा लिलाम भएको हो । पछिल्लो वर्ष भएको १४ ऐतिहासिक वस्तुको लिलामी कुल २६।४ मिलियन युरोमा भएको थियो ।

LEAVE A REPLY