समाजसेवीले कहिल्यै प्रचार गर्न खोज्दैनन् भन्दै पूर्वजर्नेल राजेन्द्र थापाले धुर्मुस सुन्तलीमाथि प्रहार

Sharing is caring!


धुर्मुस सुन्तली फाउण्डेशन हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रुपमा खडा गरेको संस्था हो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो। वि.स. २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो ।

चर्चित गीतकार, साहित्यकार तथा पूर्वजर्नेल राजेन्द्र थापाले एउटा समचारको विषयमा शनीबार फेसबुकमा चोटिला टिप्पणी गरेका छन् । उनले टिप्पणी नायिका श्वेता खड्काप्रति थियो भने, त्यसको प्रहार भने सिधै धुर्मुस सुन्तली फाउन्डेसनतर्फ लक्षित छ ।

नायिका श्वेता खड्काले ५३ वटा घर सिन्धुपाल्चोकको भीमटारमा माझी बस्तीका लागि कुनै हल्ला खल्ला नगरीकनै बनाइन् । सो बस्ती तस्बिर श्वेताले फेसबुकमा राखेपछि गीतकार राजेन्द्र थापाले व्यंग्य गर्दै स्टाटस लेखे । त्यसको अर्थ थियो समाजसेवीले कहिल्यै प्रचार खोज्दैन ।

उनी लेख्छन्, ‘लौ सिस्टम बिगारेको किन श्वेता खड्काले ? न चन्दा मागेको था भो । न जस्ता, ढुंगा बोकेको तस्बिर न मिडियामा दयालु मनको प्रदर्शन गरी हुँक्क न प्रचण्डको छोरीको इलाकामा निर्माण गरेको १ न अखबार न अनलाइन न फेसबुक । उता त बस्ती नै बसिसकेको रहेछ । यो हो गरिब पीडित भुइँमान्छेको भलाइ १ हिन्दु ग्रन्थहरु र कुरानमा समेत दान दिएको गोप्य राख्नु धर्म हो, हल्ला गर्नु ढोंग हो भनेको छ । सिक सिक देवदेवी धु सु लगायतका सेलेब्रेटीहरु । सलाम छ श्वेतालाई ।’

सीताराम कट्टेल र कुञ्जना घिमिरेको सुन्तली फाउन्डेसनले पनि यसबीचमा चारवटा नमुना बस्ती बसायो । धुर्मुस सुन्तली फाउन्डेसनले गरेका हरेक गतिविधि समाचार बने, बनाइए । फाउन्डेसनले समाजसेवा नै गरेको हो । तर, गीतकार थापाका अनुसार समाजसेवा गर्दा हल्ला गर्नु ढोग हो ।

धुर्मुस अर्थात् सीताराम कट्टेलमा प्रचारको भोक धेरै भएको उनको भनाइ छ । थापा लेख्छन्, ‘सहयोग र प्रचार फरक । आफ्नै र आफ्न्तको स्रोतको उपयोग र खाता खोल व्यवसाय फरक हो । धु सु को यो व्यवसाय भयो अब । सहयोग मागे पनि श्वेताको यो सामाजिक भयो । करोड रुपैयाँ उठाएर जाने धुर्मुसे जस्ताले बोरा बोकेर राहत बाँड्दैन, भनेसी देखाउन खिचिएको । बाढीमा उद्धारमा सुरक्षा तथा स्वयंसेवकहरु बोट। हेलिकप्टर, माझी, सेफ्टी डोरी आदिबाट सामूहिक उद्धार हुन्छ । तर धुर्मुस एक्लै गर्धन डुबाएर फोटा भाइरल बनाउँछ सिनेमामा झैं ।’

Sharing is caring!

Loading...

LEAVE A REPLY