भ्रष्टाचारी भागाभाग हुनेगरी एक्सन चाल्छु, देशको मुहार फेर्छु : ओली


सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केपी शर्मा ओलीले मुलुकका भ्रष्ट्राचारी जो सुकै भए पनि तुरुन्त कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले अहिलेको सरकारले अब वास्तवमै भ्रष्ट्राचार न्यूनिकरणको रणनीति लिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘ म भ्रष्टाचार गर्दिन र कसैलाई पनि गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्ट्राचार रोक्नेछ । अब सरकारले देखावटी तरीकाले मात्र होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छ सबै ढुक्क भएहुन्छ प्रधानमन्त्री ओलीले बताए ।’

पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको जरै देखि अन्त्य गर्न एक्सन लिन थालिसकेको बताए । सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले एउटा र अर्को निहुमा निम्त्याउन खोजेको भन्दै सरकारले अब त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here