वाइडबडी प्रकरण : २१ जनासँगको बयान सकियो, बोलाइयो पाँच विदेशी कम्पनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा २१ जनासँग बयान लिएको छ ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त नवीन कुमार घिमिरेले वाइडबडीका सम्बन्धमा बयान लिएको बताए ।

अख्तियार प्रमुख आयुक्त घिमिरेका अनुसार नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको र वाइडबडी प्रकरणसँग जोडिएका पाँच विदेशी कम्पनीलाई पनि बयानका लागि १५ दिन भित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

बयानका लागि बोलाइएका पाँच विदेशी कम्पनीहरुमा आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइट छन् ।

वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ ‘अनियमितता’ भएको संसद्को सार्वजनिक लेखासमितिको निष्कर्ष थियो।

एसईईमा अनुसन्धान गर्दै अख्तियार

प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिएका विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको छ। प्रश्नपत्र आउट भएपछि प्रदेश २ को परीक्षा रद्द भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई सरकारले यसको अनुसन्धान जिम्मा दिइसकेको छ। तर अख्तियार पनि त्यसमा प्रवेश गर्ने प्रमुख आयुक्त घिमिरेले बताए। सांसद प्रेम सुवालले एसईईमा भएको गडबडीबारे छानबिन गर्न अख्तियारसँग माग गरेका थिए।

पाठकको मुद्दाले अख्तियारमै

सांसदहरूले घुसकाण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकका कारण अख्तियारप्रति प्रश्न उठेको बताएका छन्। सांसद महेश्वरजंग गहतराजले पाठकका कारण अख्तियारको बदनाम भएको धारणा राखे। ‘अख्तियारमै त्यस्तो हुन्छ भने जनताले कसरी विश्वास गर्ने रु ’ उनले भने, ‘अख्तियारमा बिचौलियाको राज हुँदो रहेछ।’

उनले अख्तियारबाट मुद्दा दायर भएपछि सिक्टा सिँचाइ आयोजना निर्माण रोकिएकोमा चिन्ता प्रकट गरेका छन्। सांसदले ३३ किलो सुनकाण्ड, एनसेल, टेलिकमको फोरजी, मेडिकल कलेजको अवैध असुली, सार्वजनिक जग्गा, पशुपतिको जग्गालगायत विषयमा भएका अनियमितता र भ्रष्टाचारका सम्बन्धमा अख्तियारको छानबिनबारे प्रश्न गरेका थिए। अख्तियारका प्रमुख आयुक्त घिमिरे, आयुक्तद्वय डा। गणेशराज जोशी र डा। सावित्रा थापा गुरुङले सांसदका प्रश्नको जवाफ दिएका थिए।

वाइडबडी प्रकरण ः २१ जनासँगको बयान सकियो, बोलाइयो पाँच विदेशी कम्पनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here