आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताका लागि, स्थानीय जनप्रतिनिधिसँग छलफल

0
10

नेपालगन्ज । यति बेला बाँकेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक चलिरहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यताका साथ समापन गर्नका लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल पनि शुरु गरेको छ । वैशाख ५ देखि सुरु हुन गइरहेको प्रतियोगिताको विषयमा जनप्रतिनिधि, विभिन्न संघ संस्था, राजनीतिक दल, पूर्वखेलाडी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतसँगको छलफल सुरु भएको हो ।

वैशाख ५ मा उद्घाटन हुने सो प्रतियोगिता ११ वैशाखमा समापन गर्ने मिति तय भएपछि आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टसहितका पदाधिकारीहरूले विभिन्न निकायसँगको छलफललाई तीव्र पारेका हुन् । सोमबार प्रतियोगिता हुने स्थलको निरीक्षण गरी आवश्यक पूर्वाधारको व्यवस्था गर्न आवश्यक निर्देशन दिँदै आएका छन् । सदस्य सचिव विष्टले खजुरा क्षेत्रमा आयोजना हुने प्रतियोगिता स्थलको निरीक्षण गर्नुका साथै खजुरा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको बताए ।

सो अवसरमा उनले खजुरा गाउँपालिकामा हुने प्रतियोगिता र स्थानको जनप्रतिनिधिलाई जानकारी गराए । उनले आठौं राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधिले अपनत्व लिनुपर्ने बताए । ‘प्रतियोगिता हाम्रो पनि हो भनेर ग्रहण गरे मात्र सफल हुनेछ,’ उनले भने, ‘प्रतियोगितालाई सफलबनाउने÷नबनाउने हात जनप्रतिनिधिको हातमा छ ।’

छलफल कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले देशभरका खेलाडीलाई स्वागत गर्न गाउँपालिका आतुर रहेको बताएका छन् । उनले खजुरामा हुने प्रतियोगितालाई सफल बनाउन जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । ‘यसलाई हामीले अवसरका रूपमा लिएका छौं, प्रतियोगितामा कुनै कमी आउन दिने छैनौं,’ उनले भने ।

मध्यश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले खजुरा क्षेत्र खेलाडी जन्माउने ठाउँ भएको बताउँदै आठौं प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेल्न आग्रह समेत गरेका थिए । खजुरामा आठौं राष्ट्रिय खेलकुदमा नेपाल र भारतको राष्ट्रिय खेल भलिबल, हक्की तथा बक्सिङ हुने भएको छ ।

LEAVE A REPLY