प्रदेश २ को स्थगित एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म


राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा एसइईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो । २२ गते विज्ञान र २३ गते सामाजिक विषयको परीक्षा हुने भएको छ।

चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ।

Loading...

LEAVE A REPLY