राणाको ‘तलाश’ सार्वजनिक

0
18

साहित्यकार डा. कृष्णजंङ्ग राणाको हिन्दी भाषामा लेखिएको गजल सङ्ग्रह ‘तलाश’ सार्वजनिक गरिएको छ । कृष्णचन्द्र मिश्र पब्लिकेशनद्धारा प्र्रज्ञा प्रतिष्ठा भवनमा आयोजित कार्यक्रममा व्यवसायी वसन्त चौधरी, गीतकार कालीप्रसाद रिजाल साहित्यकार डा. रामदयाल राकेशले उक्त सङ्ग्रहको सार्वजनिकिरण गर्नु भएको थियो ।

सङ्ग्रह सार्वजनिक गदै व्यवसायी चौधरीले सङ्ग्रहमा कविले व्यक्तिमा आफूभित्र रहेको भावनालाई उजागरण गर्नु भएको थियो । नेपाली र हिन्दी साहित्यमा पहिचान बनाइ सक्नु भएका कवि राणाले उमेर बढदै गएपनि गजलमा युवा पुस्तालाई समेटर गजल संग्रह निकालेको बताउनुभयो । गजलसङ्ग्रहले नेपाली र हिन्दी साहित्यलाई समृद्धि तिर लैजान सहयोग समेत पु¥याएको उहाँको भनाइ छ । यस्तै गीतकार रिजालले सङ्ग्रहमा उत्कृष्ट माया प्रतिका कुरा उल्लेख गर्नु भएको थियो ।

नेपालमा गजलको श्रृङ्खला बढ्दो रुपमा रहेको उल्लेख गदै कवि राणाका गजलहरुले नेपालको गजल क्षेत्रमा विशिष्ट योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार डा. स्वेता दिप्तीले गजलमा हिन्दी र उर्दुको मिश्रण रहेको उल्लेख गदै कविले आफ्ना अन्तरमनका कुरा राखेको बताउनुभयो ।
यसतै, साहित्कार डा. राकेश, कवयत्री शान्ति शर्मा, पुष्पा ठाकुर लगायतले गजल सङ्ग्रहमा भएको गजल वाचन गर्नु भएको थियो । कवि राणाले आफ्ना गजलहरुमा प्रकृतिमा भएका मायाको झझल्को आउने बताउनुभयो । ‘‘माया विभिन्न तवरबाट हुन्छन । व्यक्ति, समाज, प्रकृति लगायतका रहेका हुन्छन्’’ उहाँले भन्नुभयो–‘‘मायालाई गजल मार्फत प्रस्फुटन गर्ने प्रयास गरिएको छ ।’’ ८७ बर्षिय राणाका गजल सङ्ग्रहमा ८७ वटा गजल रहेका छन ।

‘जिन्दगीकामे प्यार से लवरेज कर दो तुम’, जव खुशी थोडी मिले, खुद को हँसाना चाहिए, यार कि वात याद आती है’, प्यार मे इन्सानियत ने दर्द पाया है’ जस्ता गजल रहेका छन ।

LEAVE A REPLY