पूरा होला ओली सरकारको सम्बृद्धिको उडान : १६ सम्झौता,१७ आवेदन

सकियो लगानी सम्मेलन

Sharing is caring!


४० देशका ३ सय भन्दा बढी कम्पनीबाट आएका ७३५ विदेशी र एक सय भन्दा बढी कम्पनी सम्वद्ध ६ सय स्वदेशी लगानीकर्तालाई एउटै थलो उभ्याएर समृद्धिको उडान भर्ने उद्घोष गर्दै २ दिने लगानी सम्मेलन सम्पन्न भएको छ ।

सरकारी र निजी गरि ७७ वटा परियोजनामा लगानी आव्हान गरिएको सम्मेलनले संसारभरका लगानीकर्तामाझ नेपाललाई उत्कृष्ठ लगानी गन्तव्यका रुपमा चिनाउन सफल भएको छ ।

सम्मेलनको दोस्रो दिन पहिलोदिन भन्दा धेरै महत्वपूर्ण भएको देखिएको छ । शनिबार विभिन्न लगानीकर्ताहरुले विभिन्न परियोजनामा लगानीको लागि सम्झौता गरेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समेत सम्मेलन सफल भएको दावी गरे । अधिकारीका अनुसार सम्मेलनमा उत्साहजनक सहभागीता भयो, नेपालले लगानी आकर्षण गर्ने प्रयास गरेको छ, १६ वटामा सम्झौता भयो भनेने १७ वटा अन्य परियोजनामा आवेदन परेका छन् ।
सम्मेलनका लागि तयार पारिएका ७७ परियोजनामध्ये १६ वटामा हस्ताक्षर नै सम्पन्न भएको छ । त्यस बाहेक अन्य १७ वटा परियोजनामा विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । त्यसरी आवेदन दिईएका आयोजनाहरुको छिनोफानो अप्रिल २० तारिख भित्र गरिसक्ने लक्ष्य बोर्डले तय गरेको छ ।


सम्मेलनमा यातायात पूर्वाधारका ७ वटा, उर्जाएका ४, कृषि पूर्वाधारका ३, शिक्षा र स्वास्थ्यका २ र लजिस्टिक सपोर्टको एउटा आयोजनामा लगानीका लागि आवेदन परेको छ । अप्रिल २० तारिख भित्र लगानीका अन्य मोडालिटीबारे समेत छिनोफानो गर्ने भन्दै १७ वटा परियोजनामा राजश्व समेत तिरेर आवेदन परेको हो । विदेशी सहभागिसँगै नेपाली लगानीकर्ताहरुसँगै विभिन्न कम्पनीहरुले अर्को कम्पनीहरुसँग भिन्दा भिन्दै १० वटा सम्झौता गरेका छन् । सोही क्रममा नेपालको चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टको लागि स्काई पावरसँग सम्झौता गरेको छ । त्यस्तै, चौधरी ग्रुपले नै अर्को कम्पनी सर्राफ ग्रुपसँग पनि समझदारी गरेको छ । चौधरी ग्रुपले नै आफ्नो ५ जी नेटवर्क विस्तारको लागि टेलिसेल कम्पनीसँग समझदारी गरेको छ ।

उर्जा क्षेत्रमा २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा ६५० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । एक कोरियाली कम्पनीले सो घोषणा गरेको हो । अर्को तर्फ ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा पनि नयाँ लगानीको प्रतिबद्धता आएको छ । नेपालका दुई बैंकहरु र भारतको एउटा बैंकले सो आयोजनामा लगानी गर्न इच्छा देखाएको हो । सो आयोजनामा तीन बैंकहरु मिलेर १२ हजार करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

अर्को तर्फ एनआर एनले पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेडबीच समझदारी भएको छ ।

यसबाहेक पनि लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच पनि समझदारी भएको छ भने सोलार पोर्टेबल टाइप इनर्जीका लागि सिजी पूर्वाधार प्रालि र प्रदेश २ सरकारबीच पनि समझदारी भएको छ ।


Sharing is caring!

Loading...

LEAVE A REPLY