सकियो समायोजन : २० हजार फ्रेस कर्मचारीको लागि वैशाख अगावै लोकसेवाको विज्ञापन

संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन महाशाखाले सुरु गरेको बिभिन्न सेवा समूहमा कार्यरत लगभग एक लाख कर्मचारीहरुको समायोजनका लागि उपसचिव ३, सफ्टवेयर इन्जिनियर ३, कम्प्युटर अधिकृत ७, अफिसर ११ र सहायक १० जनाले रातदिन नभनी ७० दिनमा आफ्नो काम सकेका छन्।

कर्मचारी समायोजन महाशाखा स्रोतका अनुसार, एक हप्तादेखि महाशाखामै आँखा झिम्मिकै नगरी २४ सै घण्टा काम गरेर आज २०७५ चैत १४ गते ११ बजे पत्रकार सम्मेलन गरिंदैछ ।  पत्रकार सम्मेलन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गर्ने छन्।  पत्रकार सम्मेलन मुख्यसचिव लोकदर्शन रेग्मी, बिभिन्न सेवा संचालन निकायका सचिवहरुको उपस्थितिमा हुने छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिएको जनाएको छ ।

मन्त्रालयले समायोजन सकेको घोषणा गरेपछि पनि चैतभित्र कर्मचारीलाई गुनासो सुनुवाइको अवसर दिनेछ ।

समायोजनप्रति केही कर्मचारीले असन्तुष्टि जनाएकाले त्यसलाई सम्बोधन गर्न सुनुवाइको अवसर दिइने मन्त्रालयले जनाएको छ ।  समायोजन प्रक्रिया टुंगिएपछि दरबन्दीअनुसार अपुग हुने कर्मचारी भर्नाका लागि चाँडै विज्ञापन खुलाउने तयारी मन्त्रालयको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम गरेको छ ।झण्डै २० हजार कर्मचारी अपूग हुने मन्त्रालयका अधिकारीहरुको आँकलन छ । त्यही अनुसार  नयाँ कर्मचारीको भर्ना लिइने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here