वडा अध्यक्षको आदेश : “पढेका युवालाई जुताको माला लगाएर देश निकाला गर्नू “( भिडियोसहित)

0
125

हास्य टेलिश्रृंखला क्या जमाना आ ले एक पछाडि अर्काे छलाङ मार्दै छ । पछिल्ला सिरियलहरु निरन्तर युट्युवको ट्रेन्डिङ पर्न सफल “क्या जमाना आ ” युट्युब च्यानल भेरिफाई भएको छ 

अघिल्ला श्रृखलाहरु युट्युवको ४० औं ट्रेन्डिङमा परेकोमा ५८ श्रृखलाले २५ औं नम्बरमा पर्न सफल रह्यो ।

युट्युवमा दर्शकहरुले अत्याधिक मन पराइरहेको क्या जमाना आ को ५९ औं श्रृंखलासमेत अत्यन्त  व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भनिएको छ गाउँ गाउँमा सिंहदरबार । सिंहदरबारका प्रत्याभुत गराउनु पर्ने नेता र वेरोजगार युवाहरुबीचको बिषयलाई केन्द्रमा राखेर यो श्रृंखला निर्माण गरिएको छ ।भनिएको छ गाउँ गाउँमा सिंहदरबार । सिंहदरबारका प्रत्याभुत गराउनु पर्ने नेताहरु गाउँका शिक्षित वेरोजगार युवाहरुलाई गाउँमै विकास निर्माणको काममा सरिक गराउन खोज्छन् । उनीहरुको हातमा कुट्टो कोदालो सुम्पन्छन् । तर युवाहरुले विरोध गर्न थालेपछि अध्यक्ष भन्छन् गाउँका पढेलेखा सबै यूवाहरुलाई जुताको माला लगाएर गाउँ निकाला गर्नु ।

स्वर्णीम क्रियसनले प्रस्तुत गर्दै आएको क्या जमाना आ झण्डै आधा घण्टा सम्म हेर्दा पेट मिचि मिचि हास्न सकिन्छ । कतिपय परिस्थितीमा समाजका यर्थाथपरक घटनालाई सरल ढंगले प्रस्तु गरिदै आएको यो श्रृंखला हेर्दा दर्शक भावुक पनि बन्ने गर्दछन् ।

त्यही कारण यो श्रृंखलाले हरेक भाग ३ लाखभन्दा बढीले युट्युवमा हेरेको देख्न सकिन्छ ।

  श्रृंखलाको सह निर्माताका रुपमा गोबिन्द प्रसाद खतिवडा छन् भने निर्माता राम प्रसाद पुडासैनी (नवराज) हुन् ।
यस्का कालकारहरुमा सिपी पुडासैनी, मुना नेपालहरुका साथै सानु बोगटी,गोविन्द प्रसाद खतिवडा,कालुराम थापा,दिपु खड्का,सीताराम दाहाल,सुरेश नेपाली,अनिता बस्नेत,शिवराज बस्नेत,रामकृष्ण परियार,भीम खनाल,चम्पक कुंवर अनिशं , राजु कट्टेल,मुकुन्द आचार्य, गीता थापा,सरोज कुँवर,प्रेम कुमार खड्का,बलराम श्रेष्ठ,बासुदेश खनाल,सुरेश थापा र अनिला दंगाललाई कलाकारको रुपमा देख्न पाइन्छ ।

भिडियो : 

LEAVE A REPLY