स्थानीय तहमा समायोजन भएका कर्मचारी २४ घण्टा नबित्दै अख्तियारमै हाजिर

सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेपछि कर्मचारी जहाँ–जहाँका लागि पठाइएका हुन्, उनीहरूको सबै जिम्मेवारी तत्–तत् तहमा हुन्छ । तर, यसरी समायोजन भइसकेका एकजना कर्मचारीचाहिँ जम्मा एक दिन हाजिर गरेर भोलिपल्टै अख्तियारमा सारिएका छन् । अख्तियारले स्थानीय तहमा समायोजन भइसकेको कर्मचारीलाई तुरुन्तै आफ्नो कार्यालयमा तान्नु आफैँमा अख्तियारको दुरुपयोग हो । तर, कसैले यसबारे अहिलेसम्म बोलेका छैनन् ।

समायोजनको क्रम संख्या २५६२ अन्तर्गत भरतपुर महानगरपालिकामा हाजिरसमेत भइसकेका सुजन दंगाल हुन्, यस्ता भाग्यमानी कर्मचारी ।

उनी केही दिनअघिसम्म अख्तियारकै प्रवक्ता रहेका सहसचिव रामेश्वर दंगालका छोरा हुन् । रामेश्वर अख्तियार प्रवक्ताबाट भन्सार महानिर्देशकमा सरुवा भएको साता नपुग्दै भरतपुरमा हाजिर भइसकेका छोरा सुजनचाहिँ सर्लक्क अख्तियार छिरे । यस्तो काम गर्ने हिम्मत, अधिकार र नियम कतै पनि छैन । तर, अख्तियारबाटै अख्तियारी दुरुपयोगको तारतम्य मिलाएपछि के लाग्छ र रु अरु डराउने त्यही अख्तियार छ भने अख्तियारले चाहिँ डराउनुपर्ने कोसँग ?

यी शक्तिशाली शाखा अधिकृत सुजनले भर्खरै शाखा अधिकृत उत्तीर्ण गरेर तालिम लिँदै थिए । तालिम सकिनासाथ समायोजनमा सहभागी हुनुपर्ने भयो । यस क्रममा  समायोजन गरिने व्यवस्थाअनुरुप सुजन भरतपुर हाजिर भएका थिए ।

तर, उनी २४ घण्टा नबित्दै अख्तियारमै फिर्ता भएका छन् ।  सुजनका बुबा रामेश्वर लामो समय गृहमन्त्रालय बसेका र शक्तिसँग निकट रहेर काम गर्दै आएका भलादमी हाकिम हुन् । भक्तपुरका स्थानीय बासिन्दा उनका छोरालाई थानकोट कटायो भनेर पत्नी रिसाएपछि अख्तियार ल्याइएको चर्चा कर्मचारीबृत्तमा छ ।

त्यसमाथि नियम–कानुन मिचेर आएको मान्छेलाई कहाँ राखियो भन्ने सुन्दा पनि हाँसलाग्दो छ । सुजन अख्तियारमा कार्यरत छन्, ऐन, नियम तथा निर्णय कार्यान्वयन शाखामा । परिपक्व अधिकृतले ऐन, नियम र निर्णय कार्यान्वयनमा निगरानी राख्न सक्छन् । तर, रिक्रुट अफिसरलाई त्यहाँ राखेर रामेश्वरले नै नायवी चलाउन खोजेको चर्चा छ, अख्तियारमा । यो खबर आजको जनआस्था साप्ताहिकले लेखेको छ ।

जबकि, समायोजनका नाममा कोही कर्मचारीका पति एकातिर, पत्नी अर्कातिर, घरबारै डामाडोल भयो भन्दा पनि नमिलाइएको थुप्रै उदाहरण छन् । तर, शक्ति पुग्ने हाकिमको छोरा भएपछि पत्नी रिसाएका नाममा पनि अधिकार मिचेर समायोजन रद्द गर्न पाइँदोरहेछ भन्दै सिंहदरबारतिर कर्मचारीहरू उफ्रिरहेका छन् ।

2 COMMENTS

  1. Durgammabasne health ka karmachari haru laita yo samayojan pharam bare Gyan navayko,ra afno karya chhetrama wifi nahunuko Karan jillama varnpathaunu parne sathai pharamvaridine Lai pani sangha,pradesha ma varnuhundain vaner sthyaneeyambadhi vayako x jasko karanle Garda milepani sangha, pradesha ma varena

  2. Hami jsto phuch nhune krmcharile chahi k garne ?? Yesto thauma sruwa Vax Jaha mero pdhailai Pura full stop lgaunu prne hunx R vashako smsya t xdaix srkar yesto kura ma pni dhyan jawos. Nilnu ki oklnu bnayo yo smayojnle.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here