अब हामी फड्को मार्दै छौँ :रक्षा बस्याल, महिला उपाध्यक्षकी उम्मेदवार

"एक पटक मौका दिनुहोस्, बारमा केही गरेर देखाउँँछु"

0
29

रक्षा बस्याल, महिला उपाध्यक्षकी उम्मेदवार, नेपाल बार एशोसिएसन

नाताले उनी नेपाल बारका पूर्वउपाध्यक्ष गोविन्द बन्दीको पत्नी, तर पहिचानले नेपालकी अग्रणी, हिम्मतिली कानुन व्यवसायी हुन्, रक्षा बस्याल । आफू कानुनी अभ्यासमा हुनेले सन्तानलाई अन्यत्र लगाउँछन् तर रक्षाका दुवै छोरी कानुन विषय अध्ययन गर्दै छन् । नेपाल बारको विभिन्न समितिमा रहेर काम गरिसकेकी उनले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च) पाटनको मानवअधिकार र महिला समितिको संयोजक भएर काम गरिन् । महिला समितिले पहिलो पटक पुस्तकालय खोल्यो । पत्रकारितासँग पनि उनको साइनो छ । पत्रकार महिलाको संस्था सञ्चारिका समूहकी सदस्य थिइन् । अहिले पनि त्यहाँ उनको साधारण सदस्यता कायमै छ । अहिले उनी चण्डेश्वर श्रेष्ठ नेतृत्वको पेशागत, प्रगतिशील तथा समावेशी समूहबाट केन्द्रीय बारको महिला उपाध्यक्ष पदमा उम्मेदवार बस्यालसँग हरि गजुरेलले केही जिज्ञासा राखेका छन्  

० बार नेतृत्व कस्तो हुनुपथ्र्याे, अहिले कस्तो छ ?

– केही दशकलाई हेर्ने हो भने बार सफल भएको पाइन्छ । सर्वेज्ञरत्न, विश्वकान्त मैनाली, शम्भु थापाको पालामा मुलुकको अवस्था पनि एक खालको चुनौतीपूर्ण थियो । उहाँहरूले नेतृत्व गर्दा नेपाल बारको मूल एजेण्डा न्यायिक सर्वाेच्चता, न्यायालयको स्वतन्त्रता, विधिको शासन र मानअधिकार– यी चार एजेण्डा नेपाल वारको स्थापनाकालदेखि नै मूल उदेश्य मानिएको थियो । त्यसका लागि हाम्रा अग्रज लडिरहनुभयो । तर, पछिल्ला एक दशकलाई हेर्दा जुन ढंगले बार लाग्नुपथ्र्याे । नलागेको र मूल्य मान्यतामा चुकेको देखिन्छ । जसले गर्दा हाम्रो पेशामा केही अप्ठ्यारो स्थिति आइपरेको छ । पेशागत मर्यादा, वकिलहरू कहाँ छौं ? भन्ने प्रश्न उब्जिएको छ । आगामी बार नेतृत्वका लागि त्यो पनि चुनौतीका रूपमा लिएको छु ।
० तपाईंहरू कस्तो नेतृत्व दिन चुनाव लड्दै हुनुहुन्छ ?

– तीन वटा कुरामा वर्गीकरण गरौं । बार जहिले पनि न्यायिक मुद्दालाई बोक्ने पेशागत संगठन हो । पेशागत मर्यादालाई पहिलो ध्यान दिनुपर्छ । न्यायपालिकाभित्रको अहिलेको बेथिति, विसंगति, भ्रष्टाचार बढ्दो छ । यसलाई कठोर नीति अवलम्बन गरेर आउनुपर्छ । स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि लड्नुपर्छ । यी हाम्रा अहिलेका केही एजेण्डा हुन् ।

० न्यायालय सुधारका लागि के एजेण्डा छन् ?

– समग्र न्यायपालिकाका कुरा गर्दा केही समस्या देखिएका छन् । तिनको पहिचान गरी सामाधानका लागि केही प्रतिबद्धतासहित हामी आएका छौं । संवैधानिक अभ्यास र राष्ट्रिय सरोकारको विषय भनेर हाम्रो प्रतिबद्धता ल्याएका छौं । यसमा मुलुक संविधानको कार्यान्वयनको चरणमा छ । यो अवस्थामा बारले सहयोग गर्नुपर्छ । तब मात्र मुलुक पार लाग्छ । हामी विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन ग¥र्यौं भने संविधान कार्यान्वयनको पक्ष कमजोर बन्न पुग्छ । हामीलाई सानो चार्ज पनि छ । नियन्त्रित, सरकारविरुद्ध भन्ने पनि छ । हामी त्यस्तो गर्दैनौं । कम्युनिष्ट वा कांग्रेसकै सरकार किन नहोस्, एजेण्डा सही छ भने समर्थन गर्छौं । एजेण्डा बेठीक छ भने विरोध गर्छौं । यस्तै न्यायपालिकाको स्वतन्त्रता, फैसला अनुसन्धान र पहुँचमा पनि केही समस्या छ । यसलाई हामीले कार्ययोजनामा पारेका छौं । बारको संस्थागत सुधार हाम्रो मूल एजेण्डा हो ।

० त्यो कसरी हुन सक्छ ?

नेपाल बारलाई संघीय ढाँचामा लैजानुपर्छ । नेपाल बारसँग सहकार्य गर्ने द्वैपक्षीय र बहुपक्षीय अदालतले प्रतिपादन गरेका सिद्धान्तलाई अनुसन्धनात्मक ढंगले अगाडि बढाउन जरुरी छ । अन्तर्राष्ट्रियस्तरमा पनि बारलाई अगाडि बढाउन आवश्यक छ ।

० न्यायिक शुद्धतामा बार पनि एउटा अंग भएको नाताले विगतमा त्यसले गरेका कमजोरी कसरी सुधार्ने योजना छ ?

हाम्रो एजेण्डाभित्र न्यायपालिकाको स्वतन्त्रता र प्रभावकारिताभित्र के गर्छौं भनेर ल्याएका छौं । न्यायपालिकाभित्रको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि कठोर नीति आउन जरुरी छ । हामी ल्याउँछौं । न्यायपालिकाप्रतिको जनआस्था पनि हाम्रो च्यालेन्जको रूपमा देखिएको छ । यसलाई उठाउन केही योजना ल्याएका छौं । स्वतन्त्र र स्वच्छ न्यायालय बनाउन न्यायाधीश नियुक्ति प्रक्रियामा व्यक्तिको योग्यता, क्षमता, विज्ञता, निष्ठा र नैतिकता धरातल अब्बल भएको व्यक्तिलाई न्यायाधीश बनाउनुपर्छ भन्ने मात्र मान्यता छ । त्यस्तो भएको खण्डमा मात्र न्यायपालिका परिमार्जन र सुदृढीकरण गर्न सक्छौं र न्यायपालिकाको सुधार हुन सक्छ भन्ने हाम्रो मान्यता छ । न्याय ढिलो हुने प्रक्रियालाई छिटो र कम झन्झटिलो बनाउन संरचनागत प्रबन्ध गरिनुपर्छ । न्यायपरिषद्को काम–कारबाहीको सवालमा परिषद्लाई प्रभावकारी र उत्तरदायीपूर्ण बनाउन जरुरी छ । न्यायाधीशहरूको कार्यसम्पादनलगायत विषयमा पनि बारले काम गरोस् भन्ने हामी चाहन्छौं ।

रक्षा बस्याल
उपाध्यक्षको उम्मेद्धार

० बारलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने मञ्चका रूपमा कतिपयले उपयोग गर्दै आएका छन् । तपाईंको टिममा त्यस्ता व्यक्ति कति छन् ?

दाबीसाथ भन्छु त्यस्ता साथी छैनन् । ६ जना युवा साथी हुनुहुन्छ, नवोदितको मुद्दा उठाउनुहुन्छ । देवानी र फौजदारीमा लामो समयमा काम गरेका विज्ञसाथीहरू हुनुहुन्छ । प्रतिस्पर्धी समूहमध्ये सबैभन्दा बढी महिला सहभागिता गराउने टिम हो यो । त्यो पनि समावेशी छ । कानुन व्यवसायमा संघर्षरत र पेशागत दक्षता हासिल गरेका साथीहरू हुनुहुन्छ । हामीसँग काविल टिम छ । क्लष्टरदेखि सबै कुरा हेर्ने हो भने हामीसँग काविल टिम छ । मलाई लाग्दैन कि यी अब्बल दर्जाका साथीहरूले निर्वाचन जितेपछि आफ्नो स्वार्थका लागि बारलाई प्रयोग गर्नेछ ।

० कानुन व्यवसायमा महिला प्रतिनिधित्वको अवस्था कस्तो छ ?

कानुन व्यवसायी महिला हेर्दा लिटिगेसन गर्ने र विभिन्न संस्थामा ओरियन्टेड साथीहरू, वकिल उत्पादनमा लागेका, नोटरी पब्लिक र कम्पनीअन्तर्गत काम गरेका साथी हुनुहुन्छ । उहाँहरूलाई बारलाई समेट्नका लागि विशेष योजना बनाउनेछौं । बारको अवस्था खस्किएको छ । हामीले बनाएका योजनामा संघ, प्रदेश र स्थानीय हतमा लैंगिक समानताका लागि भूमिका निर्वाह गर्न सबै तहका महिला कानुन व्यवसायी समितिलाई क्रियाशील गर्नेछौं । बारका विभिन्न तह र निकायमा रहेका समितिमा महिलालाई राखेर परिचालन गर्नैछौं । जुडेसेरिमा अहिले नयाँ कुरा आएको छ, मेलमिलापलाई ध्यान दिएको छ । मेलमिलाप प्रक्रियामा कानुन व्यवसायी महिलाको विशेष सहभागिता गराउनेछौं । कानुन व्यवसायमा सहज प्रवेश र उहाँहरूको स्तरोन्नति र पेशागत दक्षताका लगि तालिम सञ्चालन गर्नेछौं ।

० ३३ प्रतिशत महिला सहभागिताको कुरा हरेक क्षेत्रमा उठिरहेको छ तर कानुन बनाउने, कार्यान्वयन गराउने निकायमा ३३ प्रतिशत सहभागिता देखिँदैन । यो विरहलाग्दो स्थितिलाई कसरी उठाउन सकिन्छ ?

धेरै ठाउँमा यो प्रश्न उठेको छ । अहिलेको महिला संख्या बढ्नुका कारण बारको विधानले न्यूनतम ३ जना भनिदिएकाले मात्र हो । प्रतिस्पर्धी टिमले जम्मा ३ जना मात्र उठाएको छ, हाम्रो टिममा ४ जना छौं । बारको विधानभन्दा हामी केही माथि उठेका छौं । एउटा कार्यक्रमको सिलसिलामा म दुई नम्बर प्रदेशमा थिएँ । त्यहाँ एक जना पनि महिला कानुन व्यवसायी भेटिएन । मलाई चिन्ता लाग्यो । कानुन व्यवसाय उत्पादन गराउने पहिलो थलो घर नै हो । मर्यादा बढाउन घरकै छोरी, बुहारी, श्रीमतीलाई कानुन पढाएको खण्डमा महिला सहभागिता बढ्न सक्छ । यद्यपि, विगतको जस्तो अवस्था छैन । २५ हजार कानुन अध्ययनरत विद्यार्थीमध्ये अधिकांश महिला हुनुहुन्छ । ६ देखि ७ वर्षभित्रमा फड्को मार्छ ।

० न्यायालय वा बारमा भएका महिलाले पनि अवसर नपाउने अवस्था छ । यस्तो किन भयो ?

महिलालाई धेरै समस्या छ । पढ्यो । पेशामा आउनका लागि प्लेट फर्म नै हुँदैन । नीतिगत कुनै कुरा छैन । भनसुन र पहुँचका आधारमा सिनियरहरूले कुनै ल फर्ममा राखिदिनुभयो भने त्यसलाई ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ । महिला वा पुरुष नवोदितहरूलाई अर्काे समस्या मुद्दा÷क्लाइन्टले पत्याउँदैन् । नीतिगत रूपमै नेपाल बारले सम्बोधन गर्नुपर्छ । ल फर्ममा कार्यरत साथीहरूको पीडा सुन्छु नाम मात्रको सहभागिता गराइएको, ठुल्ठूला मुद्दाले पत्याउँदैन । जतिबेलासम्म ठूला मुद्दाले महिला कानुन व्यवसायीलाई पत्याउँदैन । त्यतिबेलासम्म गाह्रो र अप्ठ्यारो देख्छु ।

० जसरी स्थानीय तहको निर्वाचनमा महिलालाई उपाध्यक्षमा खुम्चाइयो । तपाई पनि चुनावी मैदानमा उपाध्यक्षमै भिड्दै हुनुहुन्छ । क्षमता भएर पनि किन अध्यक्षको दाबेदार बन्नुभएन ?

योभन्दा दुई कार्यकाल अगाडि महिलालाई नगन्य मात्रामा क्षेत्रगत उपाध्यक्ष दिइन्थ्यो । दुई कार्यकाल अगाडि नेपाल बारको विधानले एउटा महिला एक जना महिला अनिवार्य आउने भए । यो राम्रो पक्ष भयो तर नराम्रो पाटो पनि छ ।

० जस्तो ?

महिलालाई महिलासँगै किन लडाउने ? यो अहिले हामीमाझ नै बेजोडले उठेको प्रश्न हो । महिला कोटा छुट्ट्याएपछि अर्काे चाहिन्न भनेर बुझियो । यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्नेछ । आशा गर्छु चुनाव जितेर आएको खण्डमा यसलाई सुधार गर्नेछु ।

० तपाईंहरूले प्यानलले चुनाव जित्ने आधार के–के हुन् ?

मुख्यतया चुनाव जित्न एजेण्डा र व्यक्तित्व चाहिन्छ । हामीसँग पर्याप्त एजेण्डा छन् । सुधारका योजनासहित आएका छौं । माथि नै भनेको छु । हामीसँग व्यक्तित्वको हिसाबले क्लष्टर, विभिन्न ठाउँमा नेतृत्व गरेका साथीहरू हुनुहुन्छ । मतदातालाई विनम्रपूर्वक आग्रह गर्न चाहन्छु हामीलाई कसीमा राखेर हेरिदिनुहोस् । हाम्रो पेशाप्रतिको निष्ठा, निरन्तरता र मर्यादालाई हेरिदिनुहोस् । र, जसले जतिखेर पनि अवसर पाउनुभयो । उहाँहरूले आफ्नो कार्यकालमा के गर्नुभयो ? हिजो मौका पाउँदा के गर्नुभयो ? हिजो गर्न सक्नुभएका साथीलाई के आधारमा विश्वास गर्ने ? तसर्थ हामीलाई जाँँच्नुहोस्, हेर्नुहोस् । विश्वासको मत दिनुहोस् । विश्वास घात गर्दैनौं । मेरो भागेर जाने ठाउँ छैन । परिवार सबै न्याय क्षेत्रमा घात गर्ने ठाउँ पनि छैन । त्यसकारण पनि घात गर्दिनँ । एक पटक मौका दिनुहोस्, बारमा केही गरेर देखाउँँछु ।

LEAVE A REPLY