अटिजम बालबालिकाको सफलता

Sharing is caring!

दुबईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय ओलम्पिक्स ओल्र्ड खेलमा नेपालबाट अटिजम बालबालिकाहरुले सहभागी भएर उपाधि हासिल गरेका छन् । दुबईको अबुदबीमा सम्पन्न सो खेलमा विश्व भरका १९५ वटा देशहरुको सहभागीता रहेको थियो ।
भक्तपुरको पेप्सीकोलामा रहेको विशेष स्कूल र पुर्नस्थापना केन्द्रले अटिजम भएका बालबालिकाको रेखदेख गर्दै आएको छ । संस्थाकी सँस्थापक सबिता उपे्रतीका अनुसार नेपालको एकमात्र अटिजम स्याहार केन्द्र तथा स्कूल हो र यसअघि पनि अटिजम बालबालिकाले स्वदेशमा मात्र नभई विदेशमा समेत बिभिन्न खेलहरुमा आफ्नो सहभागीता गराईसकेका छन् । यस्तै यस वर्षको खेलमा देशलाई सिल्भर मेडल दिलाउन सफल भएका छन् आदेश राज काफ्ले र अलिशा न्यौपाने । उनीहरुले क्रमश फुटसल फुटबल र लगँजम्पमा उपाधि हासिल गरेका हुन् ।
यस अन्तर्राष्ट्रिय खेलमा अटिजमको नेपालबाट पहिलो सहभागिता हो भन्दै खुशी व्यक्त गर्छिन् संस्थाकी सँस्थापक सबिता उपे्रती ।

Sharing is caring!

Loading...

LEAVE A REPLY