नेपाल पुलिस क्लबको हलमा बृहत् ‘काठमाडौं पुस्तक मेला’

0
82
पठन संस्कृति विकास समाजको आयोजनामा आजबाट ‘काठमाडौँ पुस्तक मेला’ सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा पठन संस्कृति विकास समाजको आयोजनामा बृहत पुस्तक मेला सुरु भएको छ ।
विभिन्न पब्लिकेसन्सका सहकार्यमा यही चैत्र ८ गतेबाट सुरु भएको मेला १७ गतेसम्म चल्नेछ । मेलाको काठमाडौंको प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबको सभाहलमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरेका छन् ।
संस्कृतिविद् जोशी यस कार्यबाट एकदमै खुसी लागेको बताएका छन् साथै उनले अब पठन सस्कृतीको विकास हुने अपेक्षा पनि गरेका छन् ।

मेलामा नेपाल तथा भारतका  प्रकाशन संस्थाका साहित्यिक, अङ्ग्रेजी एवम् बाल पुस्तकहरु बिक्रीका लागि राखिका छन् ।
मेलामा पुस्तकसहित स्टेसनरी तथा बाल उपयोगी खेल सामाग्रीहरु पनि विशेष छुटमा उपलब्ध छन् । नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले पहिलोपटक पुस्तक मेला आयोजना गरेको समाजका अध्यक्ष कुमुद अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY