वैशाख अघि नखुल्ने भयो लोकसेवा,निराश भइसके १० औं लाख युवा

Sharing is caring!

कर्मचारी समायोजनका कारण यो बर्ष लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) पूर्णतया प्रभावित भएको छ । लोकसेवा आयोगले गत कार्तिकमै कर्मचारी भर्ना खोल्ने तयारी गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रह बमोजिम उसले आफ्नो बार्षिक कार्यतालिका दुई महिना पछाडि सार्यो ।

यद्यपि त्यही समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु भयो । कर्मचारी समायोजन फागुन ३ गतेभित्रै सकाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घोष गरेका थिए । तर फागुनभित्र कर्मचारी समायोजन प्रक्रिया टुंगिएन् ।

मन्त्रालयका अनुसार हालसम्म करिब ५९ हजार कर्मचारीको समायोजन टुंग्गिएको छ । यही बीचमा केही प्राविधिक कर्मचारीहरुको समायोजन पनि टुंग्गाइएको छ ।

अझैं पेचिलो बन्न पुगेको छ स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन । स्वास्थ्य सेवाका कर्मचारीहरु झण्डै २४ हजारभन्दा बढी छन् । यी सबै समायोजन टुंएग्याउन र कर्मचारीहरु खटाउने प्रक्रिया पूर्ण रुपमा टुंग्याउन चैत्र महिनाभर लाग्नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

यी सबै प्रक्रिया टुंग्याएपछि मात्र सरकारले लोकसेवाका लागि विज्ञापन खोल्न अनुमति दिने छ । मन्त्रालयका अधिकारीहरुका अनुसार समायोजनपछि झण्डै २० हजार कर्मचारीका लागि आयोगले विज्ञापन खोल्ने छ ।

पटक पटक सरेको लोकसेवा आयोगको विज्ञापन वैशाख महिना अगाडि खोल्ने सम्भवना भने अत्यन्त न्यून छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन । वार्षिक पाँच लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् ।

अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख ४४ हजारको दरखास्त परेको थियो । सबैभन्दा धेरै दरखास्न आह्वान हुने प्रशासन सेवा समुहमा यो वर्ष विज्ञापन नै गरिएन् । न्याय, संसद् सचिवालयलगायत केही सेवा समुहमा सीमित विज्ञापन गरिएको लोकसेवाले जनाएको छ ।

लोकसेवा आयोगका अनुसार आगामी वैशाख पछाडि आयोगले विज्ञापन खोल्ने सम्भवना छ ।

Sharing is caring!

LEAVE A REPLY