उपत्यकामा जथाथावी हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि काठमाण्डौंलाई हर्न निशेधित क्षेत्र घोषणा गरेको छ ।
जथाभावी हर्न बजाएर ध्वानी प्रदुषण गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ।
महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए।
ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो।
यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ। महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारबाहीस्वरूप लिँदै आएको छ।

LEAVE A REPLY