क्याम्पस पढाउने प्राध्यापक अनिवार्य रुपमा विद्यावारिधि गरेको हुनुपर्ने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्य रुपमा विद्यावारिधि गरेको हुनुपर्ने नीति ल्याइने बताएका छन् ।
भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले त्रिवि विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आङ्गिक क्याम्पसमा जाने बताए । प्रा. डा. खनियाँले विश्वविद्यालयले बजारले खोजे अनुसारको नयाँ नयाँ शैक्षिक कार्यक्रम समेत सञ्चालन गरिरहेको बताए ।  उनले भैरहवा क्याम्पसमा सञ्चालित बिबिए, बिसिए, बिएससिआइटी, बिआइएम जस्ता विषय त्यसको उदाहरण भएको उल्लेख गरे । उनले विश्वविद्यालयको आङ्गिक, सम्बन्धन प्राप्त, सामुदायिकमा गरी हाल चार लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त सङ्ख्या विश्वकै ठूला विश्वविद्यालयको भन्दा धेरै भएको बताए ।

LEAVE A REPLY