नेपाली सेना महान छन्, कुन कुन स्थानमा राखेको बम डिस्पोज गरेरै छाडे पढ्नुहोस

विप्लबले बम राखेको सुचना पाउने बितिकै नेपाली सेना बम राखेको उक्त स्थानमा पुगेर बम डिस्पोज गर्न पुगेको देखिन्छ । आज जहाँ जहाँ विप्लबका कार्यकताले बम राखेका छन् उक्तस्थानबाट नेपाल प्रहरी तथा नेपाली सेना पुगेर डिस्पोज गरेको घटना देख्न पाईन्छ । पढ्नुहोस कुन कुन स्थानबाट डिस्पोज गरेका छन् ।
सुर्खेत– वीरेन्द्रनगरस्थित शुभ होटलको कम्पाउण्डमा बम फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चाइनापुल नजिकै रहेको होटलको कम्पाउण्डमा ग्रिनेट बम र पाँच राउण्ड गोली फेला परेको हो। सो बमलाई नेपाली सेनाको मध्यपश्चिम पृतनाअन्र्तगतको बम डिस्पोज टोलीले निष्क्रीय पारेको छ।
यता बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बताए । उक्त्त क्षेत्र अहिले प्रहरी नियन्त्रयमा रहेको छ । बोत्तललाई कागजले बेरिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए ।
उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा, चकचके र देवीस्थान गरी तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।
पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

LEAVE A REPLY