अब हरेक पालिकाहरुमा दन्त चिकित्सक खटाइने

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले प्रत्येक पालिकामा दन्त चिकित्सक पठाउने तयारी भइरहेको बताएका छन् । नेपाल डेन्टल एसोसिएसनले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले मुखको स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर नै पालिकाहरुमा दन्त चिकित्सकको व्यवस्था गर्न लागेको जानकारी दिए ।
चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका निमित्त उपकुलपति डा. सुबोध अधिकारीले वीर अस्पतालमा आफ्नै डेन्टल ल्याब नभएका कारण समस्या भएकाले यस तर्फ सरकारले ध्यान दिन पनि आग्रह गरे । मार्च २० तारिखको विश्व मुख स्वास्थ्य दिवसका अवसर पारेर नेपाल डेन्टल एसोसिएसनले एकहप्ते जनचेतनामूलक कार्यक्रम गर्दैछ । नेपालमा हाल मेडिकल काउन्सिलमा तीन हजार ४०० दन्त चिकित्सक दर्ता छन् भने वर्षेनि ९०० उत्पादन हुने गरेको तथ्यांक छ ।
Loading...

LEAVE A REPLY