कर्मचारी समायोजनको सबै काम अब १५ दिनभित्रमा सकिन्छ : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको १५ दिनभित्रमा कर्मचारी समायोजन सकिने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो उद्घोष गरेका हुन् । मन्त्री पण्डितले संघ मातहत रहेका ६० हजार कर्मचारीलाई तीनवटै तहमा समायोजन गरि सकिएको उल्लेख अबको १५ दिनभित्र समायोजनको काम पूरा हुने दाबी गरे ।

उनले देशैभर झण्डै ३२ हजार कर्मचारी अपुग हुने उल्लेख गर्दै तत्कालै २० हजार नयाँ कर्मचारी नियुक्त गर्न लागिएको जनाए । यस्का लागि लोकसेवा आयोगलाई तयारी रहन निर्देशन दिइएको र त्यसको सम्पूर्ण जिम्मेवारी दिइएको जनाए । मन्त्री पण्डितका अनुसार असार महिनासम्म कर्मचारी बहाली भई सम्बन्धित क्षेत्रमा खटाई सकिने छ ।

फरक प्रंसगमा मन्त्री पण्डितले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वतन्त्र मधेसको माग गर्दै आएका सीके राउतसँग जनमत संग्रहु गर्ने सहमति भएको हल्ला सुनिए पनि जनमत संग्रहु बारे कुनै सम्झौता नभएको बताएका छन् ।
संविधान अनुसार सिके राउतले राजनीतिको मूल प्रवाहमा आउन स्वीकार गरेको बताए । ११ बुँदे सम्झौतामा जनमत संग्रह गर्ने कुनै सहमति भएको होइन । जनमतमा जाने सहमति भएको हो । जनमत भनेको आवधिक निर्वाचन हो, उनले भने, ‘प्रजातान्त्रिक पद्धति अनुसार आवधिक निर्वाचन हुने हो । देश टुक्र्याउनका लागि जनमत संग्रह हुनै सक्दैन ।’

मन्त्री पण्डितले सरकार र राउतबीच ११ बुँदे सम्झौतामा उल्लेख भए बाहेक केही कुरा नभएको दाबी गरे । राउतका समर्थकहरुले जनकपुरमा लगाएको विखण्डवादी नारा बारे उनले सरकार सम्झौता कार्यान्वयन गर्न तत्पर रहेको र राउतले पनि सम्झौता विपरीत काम गर्नु नपर्ने बताए ।

मन्त्री पण्डितले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले संविधान विपरीत काम गरेकोले नियन्त्रण गर्न खोजिएको बताए । ‘संविधान भित्र आउने सबैका लागि बाटो खुला छ । संविधान बाहिर गएर काम गर्ने जोसुकै माथि सरकार कारवाही गर्छ’, उनले भने ।

Loading...

LEAVE A REPLY