लुट्न सके लुट कान्छा : साझा प्रकाशनका यी हाकिमसँग कहाँबाट थुप्रियो ‘यत्रो सम्पत्ति ?’

Sharing is caring!

त्यसै त ओरालो लागेको संस्था । झन विवादस्पद् हाकिमहरुका बदनीयतका कारण झन टाट पल्टिएको छ साझा प्रकाशन । यो संस्थालाई जोगाउन र त्यहाँको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक्सन लिएकी छिन् । उनले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी छन्।

नेताहरुको चाकरी गरेर साझा प्रकाशनको महाप्रवन्धक बन्न सफल डोलिन्द्रप्रसाद शर्माले पूर्वअध्यक्ष तथा महाप्रबन्धक ममता झाको पथ समालेका कारण उनलाई मन्त्रालयमा तानिएको छ । साझाका महाप्रवन्धक डोलिन्द्रले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी र्पुयाइरहेको तथ्य समेत फेला परेको छ। शर्माले कक्षा ११ र १२ मा पढाइ हुने ’सबैको नेपाली’ र ’एक चिहान’, ’लिंक इङ्लिस’ पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो।

डोलेन्द्रले आफ्नै छापाखाना, देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप शर्मामाथि लागेको थियो।

साझाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा बहुविवाह गरेका व्यक्ति हुन् । उनको जेठी पत्नी गाउँमै छिन् ।डोलेन्द्रले साझामा रहँदा अकुत सम्पत्ति आर्जन गरी अनामनगरमा बंगला ठडाएका छन् । र त्यहाँ कान्छी पत्नी राखेका छन् । म्युजिक बैंकको कार्यालय रहेको अनामनगरको घर उनकै हो । त्यो ५ आनामा बनेको हो । ५ तले घर । उनी निकटस्थहरुका अनुसार डोलेन्द्रको राजधानीमै १६ आनामा बनेको अत्याधुनिक एउटा बंगला छ । अहिले उनी ३० लाख पर्ने गाडी चढ्दै आएका छन् । यो सम्पत्ति कहाँबाट आयो ?
यस्ता काण्डै काण्ड भेटिएपछि गत फागुन १९ गते शर्मालाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोकिएको छ।भने, फागुन २८ गतेको निर्णयअनुसार स्पष्टीकरण सोधिएको हो।

Sharing is caring!

Loading...

LEAVE A REPLY