पोखरा र बुटवलमा फेला पर्यो बम

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकाका साथै नेपालभर केहि असर परेको छ । बुटवलमा पनि आंशिक प्रभाव परेको छ । विगतको तुलनामा आज सवारीसाधन कम चलेका छन् । शहरी क्षेत्रमा यातायातका साधन चलेपनि लामो दूरीका सवारी साधन चलेका छैनन् ।
रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।
टोलीले बिहीबार बिहान करिब साढे नौ बजे डिस्पोज गरेको हो । सेनाले डिस्पोज गरेको वस्तु सामान्य बम रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीबहादुर मल्लले जानकारी दिए । उनका अनुसार बन्दको प्रभाव देखाउन र नागरिकमा त्रास फैलाउन सामान्य सुतली बम राखिएको जानकारी दिए । साथै पोखरमा शंकास्पद वस्तु फेला परेको छ ।
पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
Loading...

LEAVE A REPLY