ओली प्रचण्डको ‘हत्या योजना’को डरलाग्दो रहष्य खुलेपछि विप्लवमाथि सरकारको ‘एक्सन’

मन्त्रिपरिषद्को बैठकले गत मंगलबार नेत्रविक्रम विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गर्यो । यो निर्णयप्रति पार्टी कै नेताहरु आलोचनामा उत्रिएका छन् ।

विप्लव समूहका आतंककारी र आपराधिक बढ्दै गएको ठहर गर्दै सरकारले उस्लाई प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो पार्टीले गत फागुन १० गते ललितपुरस्थित एनसेलको मुख्यालयमा बम विस्फोट गरेको थियो । यस्तै देशैभरका दर्जनौं एनसेल टावरमाथि भएको आगजनी गराएका थियो । गत शुक्रवार नेपाल म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट गराएको थियो ।

जतिखेर विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परे । त्यही समयमा प्रहरीले एउटा डायरी फेला पार्यो । उक्त डायरीमा मुख्य–मुख्य आर्थिक सहयोगीको नाम टिपिएको थियो ।

यस्तै भावी योजना र रणनीतिहरु बारे समेत टिपोट गरिएको थियो । प्रहरीले फेला पारेको उक्त डायरीमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मलाई गिरफ्तार गर्ने डरलाग्दो योजना बनाइएको भेटिएको थियो ।
यस्तै सोही डायरीमा उनीहरुलाई चन्दा सहयोग गर्नेहरुको नाम समेत त्यहाँ रकम सहित उल्लेख गरिएको थियो ।

सो डायरीमा जेम्स स्कुलका मालिक राजेश खड्काले २० लाख, काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख, निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख दिएको डायरीमा उल्लेख छ ।

त्यस्तै, सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल आइएमई बैंकले २० लाख,नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख, सुरेन्द्र अधिकारीले १० लाख दिएका छन् । हेटौंडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५, सोनापुर सिमेन्टले ३ लाख, घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएको विवरण उल्लेख थियो ।

यस्तै प्रकाण्डको त्यही डायरीमा प्रचण्ड र केपी ओली र देउवालाई कारवाही गर्ने योजनासमेत उल्लेख गरिएको थियो । जस्लाई सेवोटेज’ गर्ने लेखिएको छ ।सेवाटोजको अर्थ निष्तेज पार्ने भन्ने लाग्छ ।

यस्तो निर्णय चाहिँ विप्लव समूहको केन्द्रीय समितिको बैठक ६,७ र ८ असार २०७५ मा बसेको थियो। सोही बैठकमा यस्ता कुरा उठेका थिए ।

LEAVE A REPLY