भोलीको विप्लवको नेपाल बन्द “हल्लामात्र”

बुधबार दिनभरजसो एउटै कुराले चर्चा पायो भोली अर्थात फागुन ३० गते बिप्लव समूहले नेपाल बन्द गर्न लागेको खबर । गत मंगलबार सरकारले विप्लव माओवादीलाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
विप्लव नेतृत्वको माओवादीले मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेको, विस्फोट, आजगनी र जबर्जस्ती चन्दा असुली तथा जनप्रतिनिधिलाई कारवाही गर्नेसम्मका धम्की दिन थालेकाले उक्त समूहमाथि प्रतिबन्ध लगाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो ।
केही दिनअघि सो समूहले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा विस्फोट गराएको थियो ।
सोही प्रकरणलाई लिएर विप्लव माओवादीले बिहीबार नेपाल बन्द आयोजना गरेको हल्ला चल्यो । तर यो हल्लामात्र भएको बिप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रष्ट पारेका छन्। बिप्लव नेतृत्वको नेकपाले भोलि बन्दको कार्यक्रम आयोजना नगरिएको जनाएको हो।

LEAVE A REPLY