धतुरेले किन लगाए आफ्नै सालीसँग भाइटिको ? (भिडियो सहित)

दिनभरको कामले थकित हुनुहन्छ ? वा दुख पीडाका कारण निराश अबस्थामा हुनुहुन्छ ? निराश नहुनुहोस तपाईलाई हसाउनका लागि हास्य टेलिश्रृंखलाको ५७ औं भाग युट्युबमा सार्वजानिक भइसकेको छ ।
दर्शकहरुले अत्याधिक रुचाएका यो श्रृंखलाको अघिल्लो ५६ औं एपिसोड ट्रेडिन्गमा समेत पर्न सफल रह्यो ।

हरेक बुधबार युट्युबमार्फत सार्वजानिक हुँदै आएको आजको श्रृंखलामा  धतुरे आफ्नो सालीलाई धेरै नै मन पराँउछन् ।  माया गर्दछन् । यस भागमा धतुरेले आफ्नी साली सँग भाई टिका लगाएको सपना देख्छन् ।

स्वर्णीम क्रियसनले प्रस्तुत गर्दै आएको क्या जमाना आ झण्डै आधा घण्टा सम्म हेर्दा पेट मिचि मिचि हास्न सकिन्छ । कतिपय परिस्थितीमा समाजका यर्थाथपरक घटनालाई सरल ढंगले प्रस्तु गरिदै आएको यो श्रृंखला हेर्दा दर्शक भावुक पनि बन्ने गर्दछन् ।

त्यही कारण यो श्रृंखलाले हरेक भाग ३ लाखभन्दा बढीले युट्युवमा हेरेको देख्न सकिन्छ । श्रृंखलाको सह निर्माताका रुपमा गोबिन्द प्रसाद खतिवडा छन् भने निर्माता राम प्रसाद पुडासैनी (नवराज) हुन् ।

यस्का कालकारहरुमा सिपी पुडासैनी, मुना नेपालहरुका साथै सानु बोगटी,गोविन्द प्रसाद खतिवडा,कालुराम थापा,दिपु खड्का,सीताराम दाहाल,सुरेश नेपाली,अनिता बस्नेत,शिवराज बस्नेत,रामकृष्ण परियार,भीम खनाल,चम्पक कुंवर (अनिशं , राजु कट्टेल,मुकुन्द आचार्य, गीता थापा,सरोज कुँवर,प्रेम कुमार खड्का,बलराम श्रेष्ठ,बासुदेश खनाल,सुरेश थापा र अनिला दंगाललाई कलाकारको रुपमा देख्न पाइन्छ ।

भिडियो हेर्नुहोस:

Loading...

1 COMMENT

LEAVE A REPLY