बिप्लव माओवादीलाई नायिका रेखा थापाको साथ

सरकारले नेकपा विप्लव समूहलाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा अभिनेत्री रेखा थापाले यो सरकार कसले चलाएको भनेर प्रश्न गरेकी छन् ।
उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै भनेकी छिन् : – ‘यो सरकार कसले चलाएको छ ?  जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ?प्रतिवाद हुने निश्चित छ ।’
उनले सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजेको बताएकी छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भनेकी छिन् । ‘आम नेपाली जनताले यो विषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो,’ उनले लेखेकी छन् ।

LEAVE A REPLY