वालुवाटारमा मन्त्रीमण्डल पुर्नगठन गर्ने दुई अध्यक्षको गोप्य सहमति, फालिदैछन् यी मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आज बिहान त्यस बिषयमा छलफल भएको बिषयको जानकारी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले प्रदेश १ को राजधानी विराटनगरमा संचारकर्मीहरू बताएका हुन् ।

सरकारले जन अपेक्ष अनुसार काम गर्न नसकेको भन्ने आलोचना बढ्दै गएको समयमा प्रधानमन्त्री ओली कामलाई गति दिन केहि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले जनाएको छ ।
लगानी सम्मेलन अगावै नै मन्त्रीमण्डल पुर्नगठन हुने सम्भवना रहेको बताइन्छ ।

यिनको हुँदैछ जिम्मेबारी हेरफेर

सूत्रका अनुसार, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव,परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली,संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ लगाएत अन्य केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरमा हुनेछ । स्वास्थ्य मन्त्री यादवलाई परराष्ट्र,परराष्ट्र मन्त्री ज्ञवालीलाई सूचना वा स्वास्थ्थ मध्ये एक संचार मन्त्री बास्कोटालाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिने तयारी भैरहेको छ। परराष्ट्रमन्त्री ज्ञवालीको जिम्मेवारी टुग्निासाथ केहि दिन भित्रै मन्त्रीमण्डल पुर्नगठन हुनसक्नेछ । रिक्त रहने एक पदमा मन्त्रीको लागि योगेश भट्टराईको नाम चर्चामा रहेपनि एक नम्वर प्रदेशबाट मन्त्री धैरै भएको गुनासो नेकपा भित्रै रहेको कारण नेतृत्व निर्णयमा पुग्न सकेको छैन ।

मन्त्री बदलेर आफू मन्त्री बन्ने दाउमा लेखराज भट्ट,महेश बस्नेतदेखि देबेन्द्र पौडेलसम्म तिव्र लबिङमा लागेका छन् । नेकपा स्रोतका अनुसार भट्ट उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर भए पनि आफू मन्त्री बन्ने दौडमा छन् । महेश बस्नेत फेरि उद्योगमन्त्री बन्ने दौडधुपमा छन् । यही दौडमा छन् देवेन्द्र पौडेल ।

यी मन्त्री डेन्जर जोनमा

स्रोतका अनुसार प्रधानमन्त्री ओली सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई परिवर्तन गर्ने चाहन्छन् ।

तर प्रचण्डको बुहारी हुनुको नाताले काम गर्न नसके पनि विना मगरको पद सुरक्षित रहने नेकपा एक नेताले सुनाए ।

यता अर्थमन्त्री युवराज खतिवडाप्रति उद्योगी र व्यापारीहरु रुष्ट भएका कारण अर्थ मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने अवस्थामा अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अघि सारेको वालुवाटार स्रोतको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here