११ बुदे सम्झौताको बिरोध गर्दै नेबि संघ सडकमा उत्रियो

सरकार र सिके राउतबीच भएको सम्झौतालाई खारेजको माग गर्दै नेपाल विद्यार्थी संघ -नेविसंघ_ले प्रदर्शन गरेको छ ।
सरकार र सिके राउत बिच भएको सम्झौता देशको हित विपरित भएको बताउदैँ मंगलबार विहानै उपत्यकाको आर आर , नेपाल ल , पद्मकन्या , बाल्मीकी लगायतका कलेज अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा बाल्मीकी क्याम्पसको अगाडी पटक पटक टायर बालेर बिरोध जनाएका छन् । डाक्टर सिके रावत बिच भएको राजनीतिक सहमति लाई सम्झौता पत्र नभइ मुलुकक मृत्यु पत्र भनेको छन्। साथै  सरकार र सीके राउतबीच भएको सम्झौतालाई खारेज  गर्न नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here