प्रियंकाको फिटनेस र सौन्दर्यको राज अनि खानपान

प्रियंका खासै कठिन वर्कआउट गर्दिनन् । तर पनि नियमित रुपमा जीम जान्छिन् । जीममा उनी करिब १५ मिनेट ट्रेडमिलमा हिड्छिन् । त्यसपछि उनी पुसअप र रिर्वस लंज गर्छिन् । उनी करिब एक मिनेट प्लान्क गर्छिन् भने २०(२५ पटक बाइसेप्स कर्ल गर्छिन् । प्रियंकालालाई रेजिस्टेन्स ट्रेनिङ्ग गर्न मनपर्छ । उनलाई वेट ट्रेनिङ्गको खासै सौख छैन । जीम नगएको बेला उनी कुद्न, स्पिनिङ्ग गर्न तथा इन्डोर साइकिलिङ्ग गर्न रुचाउँछिन् ।
उनी विशेषगरी दिमागलाई तनाव रहित राख्न योग गर्छिन् । उनी दिनमा आठ देखि दश गिलास साधा पानी पिउँछिन् भने नियमित रुपमा नरिवल पानी सेवन गर्छिन् । यही कारण हो कि उनको स्किन चमकदार र सुन्दर छ ।
कस्तो खानेकुरा खान्छिन्
प्रियंका पञ्जाबी परिवारकी हुन् । त्यसैले, उनलाई विभिन्न किसिमका खानेकुरा ट्राइ गर्न सौखिन छिन् । त्यसैले,उनी प्रायः घरमा आमाले नै बनाएको खानेकुरा खान्छिन् ।
प्रियंका नाश्तामा दुईटा अण्डाको साथमा ओटमिल र एक गिलास स्किम्ड मिल्क खान्छिन् । दिउँसोमा दुईवटा रोटीको साथमा दाल, तरकारी र सलाद खान्छिन् । साँझमा चिकन सैण्डवीच वा अंकुरित सलाद खान मन पराउने उनी रातीको खानामा सूप, ग्रील्ड चिकन वा माछा खान्छिन् । दिनमा आठ देखि दश गिलास पानी पिउँछिन् । शरीरको इनर्जीका लागि नरिवल पानी पिउँछिन् । हरियो सागसब्जी र ताजा फलफूल भरपूर मात्रामा खान्छिन् । प्रत्येक दुई देखि तीन घण्टाको अन्तरालमा केही न केही खान्छिन् । प्रियंकालाई चकलेट, केक , पेस्ट्री तथा तन्दुरी खाना मन पराउँछिन् । त्यसैले, उनी विदाको समयमा खानालाई लिएर थोरै असावधानी अपनाउँछिन् ।
सौन्दर्यका लागि के गर्छिन्
प्रियंकाको प्रत्येक गतिविधि मानिसले नियाली रहेका हुन्छन् । त्यस्तै, उनको सुन्दरता पनि मानिसहरुको नजरमा पर्ने गर्छ । त्यसैले, सुन्दर देखिनु प्रियंकाको पनि बाध्यता हो । तर सुन्दर देखिनकै लागि भनेर प्रियंका खासै कुनै मेकअप गर्दिनन् । बरु ससाना तरीका अपनाएर उनी विना मेकअप पनि सुन्दर देखिने कोशिश गर्छिन् । विशेषगरी, व्यस्त समयका बाबजुद उनी छाला, कपाल तथा अनुहारको राम्ररी हेरचाह गर्छिन् ।
उनी कपाललाई सुन्दर बनाउनकै लागि सातामा तीन पटक तातो तेलको मालिश गर्छिन् । उनको मान्यता छ, तातो तेलको मालिशले दिनभरको थकान कम हुन्छ । प्रियंका अनुहारको सुन्दरतालाई कायम राख्न नियमित रुपमा छालाको टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्छिन् । छालालाई सुन्दर राख्न उनी दिनभर प्रशस्त मात्रामा पानीको सेवन गर्छिन् । हुन त मेकअप गर्नकै लागि प्रियंकाले मेकअप आर्टिस्टको व्यवस्था गरेका छन् । तर सामान्य दिनमा अनुहारको सुन्दरता बढाउन उनी गाजल तथा लाइनरको मात्र उपयोग गर्छिन् ।
भनिन्छ, प्रियंकाले आफूलाई सुन्दर देखाउन नाक तथा ओठको शल्यक्रिया गरेकी थिइन् । नाक र ओठको शल्यक्रिया गरिसकेपछि त्यसको हेरचाह गर्न पनि उत्तिकै आवश्यक छ । प्रियंका ओठका लागि दूधको छालीको प्रयोग गर्छिन् । उनी ओठमा रातभर उक्त छालीलाई लगाएर राख्छिन् , ताकी ओठ सुख्खा नहोस् र ओठलाई आवश्यक पोषण प्राप्त होस् । मेकअपको कुरा गर्दा प्रियंकालाई न्युड ब्राउन र पिंक शेडको मेकअप गर्न मनपर्छ । त्यस्तै मेकअप पश्चात्त अनुहारको छालालाई सफा राख्न तथा मेकअप हटाउन प्रियंका अर्गानिक नरिवलको तेलको प्रयोग गर्छिन् । यसको लागि उनी थोरै समयको लागि अनुहारमा नरिवलको तेल लगाएर छोड्छिन् ।

LEAVE A REPLY