एउटा भरियाले लाखौं डलरको झोला भेटेपछि……. (भिडियोसहित)

Sharing is caring!

सदैव प्रगतीशील कथा लेख्ने र भुँइमान्छेहरुको कथालाई टपक्कै टिप्न खप्पिस सिपी पुडासैनीको समूहले अर्काे नयाँ टेलिश्रृंखला जन्माएको छ । डलर नाम दिइएको यो टेलिश्रृंखलाको पहिलो भाग युट्युबमा अपलोड भएको २४ घण्टा नबित्दै ८ हजार १ सय ७० जना दर्शकले हेरिसकेका छन् ।
टेलिश्रृंखलामा जमेका कलाकार केशव सापकोटा,मेलिना ठकुरी,विद्या कार्की,राजु कट्टेल,सुरेश नेपाली,बाबुराम सुबेदी,चम्पक कुँवर लगायतको अभिनय देख्न पाइन्छ । यस्को सम्पादन अहिलेका बजारमा चलेका इन्द्र मानन्धरले गरेका हुन् ।
डलर टेलिश्रृंखला एउटा भरियाको सपनालाई आधारित रहेर बनाइएको छ । शहरका कुनै गल्लीमा सुतिरहेको भरियाले आफू भारी बोक्न जाँदा डलरको झोला भेट्टाएर उ रातारात धनी भएको सपनामा आधारित यो टेलिश्रृंखलाको साहायक निर्देशक मुना नेपाल छिन् भने स्को निर्माता शर्मिला चौलागाई हुन् । यस्को कथा र निर्देशन भने सिपी पुडासैनीले गरेका छन्

 

हेर्नुहोस भिडियो :

 

Sharing is caring!

Loading...

LEAVE A REPLY