“काठमाडौंमा हल्लेर खान पल्केका कर्मचारीले मात्रै समायोजनको विरोध गरिरहेका छन्”

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ३ फागुनभित्रै कर्मचारी समायोजन टुंग्याउने उद्घोष गरे । उनको त्यो उद्घोष पूरा भएन । अहिले उनको बोली फेरिएको छ । र भन्न थालेका छन् मन्त्रालयले फागुन महिनाभित्रैमा समायोजन टुंग्याउने छ ।
हालसम्म मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह गरी ५५ हजार कर्मचारी समायोजनको काम फत्ते गरेको जानकारी दिँदै अब बाँकी २० हजार हाराहारी कर्मचारी समायोजनको काम फागुन महिनाभित्रै सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिरहेको र समायोजन यही फागुन महिनाभरमा टुंगिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै मन्त्री पण्डित कर्मचारीप्रति बढी नै आक्रामक रुपमा प्रस्तुत पनि भए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दाबी पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिने बित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे ।
मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न ढिलाइ हुन गएको पनि स्पष्ट पारेका छन् ।

Loading...

LEAVE A REPLY